प्रतिनिधिसभामा कांग्रेसलाई ८६ सीट, चारदलको भागबण्डा मिलाएर निर्णय सार्वजनिक गरिँदै
केदार भट्टराई (काका)
भदौ २२, २०७९ बुधबार १६:८:४३
२२ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा रहेका पाँच दलले प्रतिनिसिभाका १६५ सीटको भागबण्डा लगभग मिलाएका छन् । मंगलबारको कार्यदलको बैठकले सत्ता नेतृत्व गरिहेको नेपाली कांग्रेसलाई ८६ सीट दिएर बाँकी सीट चादलले मिलाएर लिने सहमति भएको छ । कार्यदलमा भएको सहमति आज सार्वजनिक गरिँदैछ ।
आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको हो । मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँड कार्यदल बैठकले गरेको सहमति अन्तर्गत चारदलमा मिलाउन बाँकी छ ।
कार्यदलको सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालबहसलाई दिएको जानकारी अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुनेछ । यसको जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिइएको छ ।
कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।
माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए । सोही अनुसार उनलाई जिम्मा दिइएको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको बताएका छन् ।
लिपिबद्ध गर्न मात्र बाँकी रहेको उनको भनाइ छ । बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने उनको दाबी छ । आफूहरूबीच सहमति भइसकेको भए पनि सिट संख्याको विवरण अहिले नै सार्वजनिक गर्न हतार हुने उनले बताएका छन् । बुधबारको बैठकमा प्रतिवेदन तयार गरेर लिपिबद्ध गर्ने र सिट संख्याबारे भएको निर्णय सार्वजनिक गर्ने बताए ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार