तयारी नपुग्दा एकदिनपछि मतपत्र छाप्न सुरु
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १६:१७:१
२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले मंगलबारबाट मतपत्र छाप्न सुरु गरेको छ । आगामी चुनावका लागि आयोगले समानुपातिकतर्फको नमूना मतपत्र छाप्न सुरु गरेको हो । आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेबाट नै मतपत्र छाप्न सुरु हुनुपर्ने थियो तर तयारी नपुग्दा एकदिनपछि मतपत्र छाप्न सुरु भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमूना पत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने बताएका छन् । पहिलो चरणमा आयोगलेनिर्वाचन शिक्षा कार्यक्रमका लागि छ लाख मतपत्र छाप्नेछन् । आम निर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र प्रा।लि।मा छापिने आयोगले जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्र स्रोतका अनुसार मंगलबार अपराह्न चार बजेदेखि मतपत्र छाप्न सुरु भएको हो । जनक शिक्षा सामग्रिको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ । आयोगका प्रवक्ता पौडेलल भने, “नमूना मतपत्र छपाइ सकिए लगत्तै समानुपातिकतर्फको मतपत्रको डिजाइन तयार गरेर जनक शिक्षालाई दिइनेछ ।”
निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्रको डिजाइन अझै गरिसकेको छैन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘नेपाल’को चुनाव चिह्नबारे रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतमा राप्रपा नेपालले निर्वाचन आयोगले प्रदान गरेको तीर चुनाव चिह्न खारेज गरी गाई कायम गरिदिन रिट दायर गरेको थियो । उक्त मुद्दामा अदालतले मंगलबार रिट खारेज गर्दा राप्रपा नेपालको तीर चुनाव चिह्न नै कायम हुने भएको छ ।
सर्वोच्चको उक्त आदेशपछि निर्वाचन आयोगले राप्रपा नेपालको चुनाव चिह्न तीर राखेर मतपत्र छाप्ने बाटो खुला भएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायधिवक्ता गुरु प्रसाद वाग्लेले अदालतको आदेशपछि चिह्न कायम गर्न र मतपत्र छपाइको अवरोध हटेको बताए ।
आठ करोड मतपत्र छापिने
मंसिर ४ मा हुने आम चुनावका लागि ५०३ प्रकारको करिब ८ करोड मतपत्र छापिनेछन् । आयोगको निर्वाचन शाखाका अनुसार समानुपातिकतर्फ चार करोड र पहिलो हुने निर्वाचित हुने प्रणाली९प्रत्यक्ष०तर्फ चार करोड मतपत्र छापिनेछन् ।
आयोगले आगामी चुनावमा करिब एक करोड ८० लाख मतदाता कायम हुने अनुमान गरेको छ । कायम रहेको मतदाताभन्दा दश प्रतिशत बढी मतपत्र छाप्दै आएको अभ्यास छ । सोही आधारमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई करोड र प्रदेश सभाको प्रत्यक्षतर्फ दुई करोड मतपत्र छापिनेछ ।
सोही सङ्ख्यामा प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको मतपत्र छापिनेछन् । आयोगले प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको मतपत्र असोज २५ गतेभित्र छापिसक्ने लक्ष्य राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार