निर्वाचनको सम्मुखमा एक दर्जनबढी सिडियोको सरुवा, को कहाँ पुगे ?
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १६:१४:१८
२२ भदौ, काठमाडौं । गृह मन्त्रालयले निर्वाचनको सम्मुखमा महत्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारी ‘सिडियो’ हरुको सरुवा गरेको छ । निर्वाचन आयोगले असोज १ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लगाउने तयारी गरेपछि मन्त्रालयले त्यसअघि नै आफू अनुकुलका सिडियोहरु सरुवा गरेको हो । सरुवा गर्दा काठमाडौँ उपत्यकासहित प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
मंगलबार साँझ गरिएको सरुवामा काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्यायको सरुवा भएको छ काठमाडौँका सिडिओलाई गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ ।
उनी पहिलो पनि सोही महाशाखामा थिए । ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ल्याइएको छ । कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय ल्याइएको छ भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ ।
दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।
यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।
संखुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई संखुवासभाको प्रजिअमा सरुवा गरिएको गरिएको छ । सरुवा यो सूचना मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । केही दिनपछि अन्य जिल्लाका सिडियोहरु पनि सरुवाको तयारी भैरहेको मन्त्रालयल स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार