पर्यटनमन्त्री श्रेष्ठका कारण ऋणले थिचिएको निगममा रँडाको, अध्यक्षलाई बर्खास्त गर्ने तयारी
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १८:३४:६
२२ भदौ,काठमाडौं । पटक पटकको राजनीतिक हस्तक्षेप र आन्तरिक रुपमै हुँदै आएको चरम भ्रष्टाचारले टाट पल्टिएको नेपाल वायुसेवा निगममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र कार्यकारी अध्यक्ष युवराज अधिकारीबीचको विवादले रँडाको मच्चिएको छ ।
मन्त्रीमा शपथ लिए लगत्तै श्रेष्ठले निगमका अध्यक्ष अधिकारीलाई हटाउने प्रयास गरेका थिए । तर, सर्वाेच्चको अन्तरिम आदेशबाट फर्किएका अधिकारीलाई तुरुन्तै हटाउँदा आफैलाई समस्या पर्ने भएपछि रोकिएका मन्त्री श्रष्ठ अहिले फेरी तातेका छन् । कार्यकारी अध्यक्ष अधिकारी अहिले डेँगु लागेर घर बिदामा बसेका छन् ।
अधिकारी निको भएर निगममा फर्किए लगत्तै मन्त्री श्रेष्ठले उनलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरिरहेको बताइएको छ । स्रोतका अनुसार मन्त्री श्रेष्ठले अधिकारीलाई हटाएर नयाँ व्यक्तिलाई कार्यकारी अध्यक्ष बनाउने र निगममा अस्थायी कर्मचारी भर्ना गराउने रणनीति बनाएका छन् । उनले अहिले निगम सुधारका लागि कुनै पहलसमेत गरेका छैनन् ।
निगम कर्मचारीका अनुसार कार्यकारी अध्यक्ष अधिकारीलाई कमजाेर बनाउनका लागि ग्राउण्डेड भएको जहाज बनाउनसमेत रोकेका छन् । उता, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋणको ब्याजका लागि ताकेता गरिरहँदा समेत पर्यटनमन्त्री श्रेष्ठले कुनै पहल नगरेको कर्मचारीहरु बताउँछन् ।
विगत केही वर्षदेखि निगमले चार वटा ठूला जहाज किन्न लिएको ५० अर्ब ऋणको भारमा थिचिएको छ । यसको मासिक ब्याज मात्रै २५ करोड रुपैयाँ हुन आउँछ । जहाज नियमित नहुँदा निगमको आम्दानी दिनानुदिन घटिरहेको छ । मन्त्री श्रेष्ठले निगममा चलखेल सुरु गरेपछि निगम व्यव्स्थापनसमेत अन्योलमा परेको बताइन्छ । पर्यटन मन्त्रालय मातहमा रहेको निगममा मन्त्री श्रेष्ठले दवाव दिन थालेपछि कर्मचारी समेत रुष्ट देखिएका छन् ।
निगम टाट पल्टदै गएपछि ऋणको ब्याज महँगो भएको भन्दै अर्थमन्त्रालयले सस्तो ऋणका लागि विदेशी निकायसँग छलफल गरिरहेको छ । त्यही निगमको एउटा न्यारोबडी जहाज ग्राउण्डेड भएको एकमहिना हुन लागेको छ । तर मर्मतका लागि भने कुनै पहल नभएको कर्मचारीहरु बताउँछन् ।
निगम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई असारसम्मको मात्रै ऋण दायित्वको किस्ताबापत १ अर्ब ३५ करोड भुक्तानी गरेको छ । डेढ वषदेखि बाँकीरहेको किस्ता रकम नयाँ व्यवस्थापन आएपछि तिरेको हो । निगमले पछिल्लो पटक गत असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ताबापतको रकम तिरेको जनाएको छ ।
निगम कर्मचारीका अनुसार कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदवापतको ४५ करोड र वाइडबडी जहाज खरिदवापतको ४५ करोड गरी जम्मा ९० करोड किस्तावापतको रकम भुक्तानी गरिएको छ । नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्तावापतको ४५ करोड भुक्तानी गरिएको छ ।
विवादका कारण अन्तर्राष्ट्रिय उडानमा सहजता, सीट अकुपेन्सी, गन्तव्य विस्तार आदिको सहज व्यवस्थापन समेत हुन नसकेको कर्मचारीहरु बताउँछन् । यता, पर्यटनमन्त्री श्रेष्ठ भने ग्राउण्डेड भएको जहाज बनाउनुभन्दा निगमका कार्यकारी अध्यक्ष अधिकारी हटाउनमा मात्रै केन्द्रित देखिएका छन् । उनलाई हटाएमात्रै निगममा चलखेल गर्नसकिने भन्दै नयाँ कार्यकारी अध्यक्षको खोजीमा लागेका छन् ।
अधिकारीलाई हटाएर नयाँ कार्यकारी अध्यक्ष ल्याउँदा चुनाव खर्च उठाउन सहज हुने उनको मनसाय छ । तर, अधिकारी हटाउन मन्त्री श्रेष्ठलाई सहज छैन् । अधिकारी उनकै पार्टी नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खालले सिफारिस गरेका व्यक्ति हुन् ।
उनले खनाललाई रामै नजराना चढाएर नेपाल वायुसेवा निमको कार्यकारी अध्यक्षको पद हात पारेको विषय यसअघि नै सार्वजनिक भइसकेको छ । निगमबारे नेपालबहसले जानकारी लिन खोज्दा कार्यकारी अध्यक्ष अधिकारीले आफुलाई डेँगु भएको र अहिले बोल्न नसक्ने बताए ।
पर्यटनमन्त्री श्रेष्ठ र निगम संचालक समितिबीच संस्था सुधारका विषयमा सामान्य छलफलसमेत भएको छैन । कर्मचारीका अनुसार जहाज ग्राउण्डेड भएपछि निगमको बोर्ड बैठक दुई पटक बसिसकेको छ । तर, उनले त्यसमा चासो दिएनन् । उनी कार्यकारी अध्यक्ष अधिकारीले निगमलाई अधोगतिमा लगेको भन्दै आरोप लगाएर बसिरहेका छन् ।
कार्यकारी अध्यक्ष अधिकारीको असक्षमताका कारण जहाज मर्मत हुन नसकेको र अधिकारीकै कारण निगमको साख खस्किँदै गएको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । निगममा नयाँ नियुक्ति नभएसम्म आर्थिक अवस्थामा सुधार नआउने श्रेष्ठको बुझाइ छ । मन्त्री श्रेष्ठ र अधिकारीबीचको लफडाले निगमलाई लथालिंग बनाउने काम भइरहेको कर्मचारीहरु बताउँछन् ।
निगम कर्मचारीका अनुसार दाहिने पट्टीको इन्जिनमा समस्या आएपछि न्यारोबडी जहाज ग्राउण्डेड भएको थियो । आठ महिनाअघि इन्जिन फेल भएर ग्राउण्डेड भएको ९ एन–एकेडब्लु कलसाइनको यो न्यारोबडी जहाजको दाहिने पट्टीको इन्जिनमा समस्या आएको छ । न्यारोबडी जहाज निगमले सात वर्षअघि खरिद गरेको हो । सात हजारभन्दा बढी साइकल पार गरेको यो इन्जिनले करिब १९ हजार फ्लाइङ आवर पार गरिसकेको कर्मचारीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई ७६ औं गणतन्त्र दिवसको शुभकामना
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलमा अध्यादेशका विषयवस्तुबारे विज्ञसँग छलफल, भोली पनि बैठक
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार