कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने: मुख्यमन्त्री पाण्डे
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २०:४६:२३
२२ भदौ, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।
१९औँ निजामती सेवा दिवसका अवसरमा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीहरूलाई सक्रिय ढङ्गबाट जनताको कामकाज गर्न निर्देशन दिए ।
उन्ले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा मिलोस् भन्दै शुभकामनासमेत दिए ।
“हामी राजनीतिज्ञले जनताको मतबाट पाएको मान सम्मान प्रतिष्ठा र जिम्मेवारी कहिल्यै भुल्नु हुँदैन । त्यस्तै राष्ट्रसेवक कर्मचारीले पनि गाउँपाखामा गरिब किसान मजदुरले तिरेको एक–एक रुपैयाँ करबाट हामी पालिएका छौँ भन्ने कुरा भुल्नु हुँदैन”, उनले भने, “जनताप्रति उत्तरदायी भएर काम गर्न सके जनताले सरकारको अनुभूति गर्न सक्छन्, कर्मचारीमाथि भरोसा बढ्दै जान्छ ।”
मुलुकमा विभिन्न व्यवस्था परिवर्तनको चरणमा जनप्रतिनिधिको अभावमा पनि कर्मचारीहरुले प्रशासनिक सेवा, पूर्वाधार विकासदेखि जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सिफारिसका कामलगायत सम्हालेको बताउँदै अब कर्मचारीले दिने सेवामा परिस्कृत गर्दै आम जनताको विश्वास जित्नुपर्ने उनले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्द निरौलाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा निजामती सेवा दिवसका अवसरमा आयोजित विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा विजयी हुने कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार