खोटाङबजारको सडक ढलान अलपत्र अवस्थामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २०:५८:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/diktel-bazzar_OBFqdpsx4U.jpg)
♦केदार मगर
२२ भदौ, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र तथा पुरानो सदरमुकाम खोटाङ बजारको सडक ढलानमा ठेकेदारको लापरबाही देखिएको छ ।
खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारको सडक ढलान तथा डिबिएसटी पिच ९कालोपत्र०को काम १ नं प्रदेश सरकारको रु दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवा कम्पनीले जिम्मा लिएको थियो । विसं २०२० सम्म जिल्ला प्रशासन तथा हाल इलाका प्रशासन कार्यालय रहेको खोटाङ बजारको सडक ढलानमा ठेकेदार कम्पनीबाट भइरहेको लापरबाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय सांसदसमेत बेखबर झैँ देखिएका छन् । खोटाङबजार प्रदेश सरकार, १ प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’को निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा सदस्य एवं प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृह वडा हो ।
ठेकेदारको लापरबाहीका कारण सडक ढलानका क्रममा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दूरीमा रडको जाली नराखिएको, ढलान गर्नुअघि सोलिङ राम्ररी नगरिएको लगायतका त्रुटी देखिएको स्थानीय बासिन्दाले जनाएका छन् । खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का धुलिखेल निर्माण सेवा कम्पनीले विसं २०७८ असार मसान्तमा सक्नेगरी विसं २०७७ असार–३० गते लिएको थियो ।
करिब सात सय मिटर आरसिसि ढलान र करिब छ यी मिटर डिबिएसटी कालोपत्र गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्र गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर, डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घर भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच ९कालोपत्र० गर्नेगरी काम अघि बढाइएको हो ।
परिवर्तित डिजाइन अनुसार २ नम्बर धारादेखि इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम गर्नुपर्ने प्रदेश सरकारसँग गरिएको सम्झौतामा उल्लेख छ । आरसिसि ढलानको काम अन्तिम चरणमा पुगेपनि ठेकेदारको लापरबाहीले पिचको काम अझै सुरु नभएको वडा नं ७ खोटाङ बजारका वडाध्यक्ष एवं खोटेहाङ गाउँपालिकाका प्रवक्ता शिवप्रसाद फुँयालले जानकारी दिए । खोटाङ बजारको सडक ढलान आयोजनामा निर्माण कम्पनीले यसअघि थपिएको म्यादसमेत गुजारीसकेको निर्माणस्थलमा खटिनुभएका सहरी विकास तथा भवन कार्यालय, ओखलढुङ्गाका इञ्जिनीयर धीरज साहले बताए ।
“सम्झौता म्याद नाघेको वर्षदिन वितिसक्दा बल्ल आयोजनाको करिब ७० प्रतिशत मात्र काम सकिएको देखिएको छ”, उनले भने, “गुणस्तरहीन काम भएको ठाउँमा ढलान फुटाएर पुनः काम गर्न लगाइएको छ । राम्रो नभए फुटाउने हो, गुणस्तरीय काम गराउने हो । बिग्रेछ भने उनीहरुले नै बेहोर्छ, सम्झौता गर्दा राखेको धरौटी जफत हुन्छ ।”
स्थानीयवासीका अनुसार निर्माण सुरु गर्दादेखि नै लापरबाही भएको खोटाङ बजारको सडक ढलानको काम अहिले ठप्प छ । महिना दिन अघिदेखि काम छाडेको ठेकेदार कम्पनीले ढलान गर्न विच्छ्याइएको ठाउँबाट फलामे रड तथा सिमेन्ट र बालुवासमेत उठाएर अन्यत्र लान थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बजारको सडक ढलान आफूहरु निर्वाचित भएर आउनुभन्दा अगाडि गरिएका ठाउँमा समस्या देखिएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारीदिए । “हामी निर्वाचित भएर आएपछि गुणस्तर कायम गर्न १५ दिनसम्म रोक्यौँ”, उनले भने, “अहिले पानीझरिको बहाना बनाएर काम गरेका छैनन् ।
अब हुने काममा गुणस्तर कायम गराएर तोकिएकै समयमा सम्पन्न गराउँछौँ ।”सडक ढलानमा ठेकेदारले चरम ढिलासुस्ती गर्नुका साथै काम पनि गुणस्तरहीन गरेको विषयमा जनप्रतिनिधिसमेत मौन बसेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । ठेकेदार कम्पनीले सडक ढलानका लागि निर्माण सामग्री ल्याएर जथाभावी राखेकाले आवतजावतमा समेत समस्या भएको उनीहरुले गुनासो गरेका छन् । सडक ढलानको काम अलपत्र भएको विषयमा जानकारी लिन खोज्दा ठेकेदार कम्पनीका व्यक्तिसँग सम्पर्क हुन सकेको छैन । अलपत्र अवस्थामा काम छाडेर हिँडेका ठेकेदारलाई दसैँ–तिहारपछि काममा फर्काउने गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार