खुर्कोट–घुर्मी सडकखण्डमा एकतर्फी सवारी संचालन
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २२:५:५६
२२ भदौ, सिन्धुली । सुक्खा पहिरोका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग एकतर्फीरूपमा संचालनमा आएको छ । खुर्कोट–घुर्मी सडकखण्ड अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुक्खा पहिरो खसेका कारण सवारी आवागमन अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार अवरुद्ध राजमार्ग आजदेखि एकतर्फीरूपमा संचालनमा आएको हो । उक्त स्थानमा मङ्गलबार दिउँसोदेखि सुक्खा पहिरो खस्न सुरु गरेको थियो । पहिरो पूर्णरुपमा पन्छाउन सकिने अवस्थामा नरहेको र सडकको छेउको केही भागबाट सवारी एकतर्फीरूपमा सञ्चालन गरी सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको उहाँले जानकारी दिए ।
सो स्थलमा प्रहरी टोली परिचालन गरी डोजरले पहिरोको केही भाग पन्छाई राजमार्ग सञ्चालन गरिएको उनले जानकारी दिए । डोजरले पूरै पहिरो पन्छाउन नसक्दा दुईतर्फनै सवारी संचालनगर्न कठिनाइ भएको र स्काभेटरले मात्र उक्त पहिरो पन्छाउन सक्ने भएकाले पहल सुरु गरिएको उनले बताए ।
सडकमा ठूला–ठूला ढुंगा माथिबाट खसेका कारण डोजरले पन्छाउन नसकेको हो । खुर्कोट–घुर्मी सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा सुक्खा पहिरो खसेको छ । उक्त सडक खण्डमा एक वर्ष देखि खसेको पहिरो पन्छाउने काम नहुँदा राजमार्गमा सवारीसाधन सहजै आवागमन गर्न पाएका छैनन् ।
सडकको पहिरो पन्छाउन नसक्दा सिन्धुली, उदयपुर, ओखलढुंग, खोटाङ, सोलुखुम्बुलगायत पूर्वी पहाडी जिल्लाका यात्रुले यात्रामा कठिनाइ भोग्नुपरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार