युगान्डामा पहिरोले पुरिएर पन्ध्र जनाकाे मृत्यु , केहीकाे जीवितै उद्धार
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २२:५४:१३
२२ भदौ, एजेन्सी । युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिराेले पुरिएर १५ जनाको ज्यान गएको छ । पहिराले पुरेका कासिका गाउँका १५ जनाको शव निकालिएको युगान्डा रेडक्रस सोसाइटी (यूआरसीएस) ले जनाएको छ ।
यूआरसीएसका अनुसार छ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसे नगरपालिकास्थित सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ । मङ्गलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएका आशङ्का गरिएको छ । उक्त स्थानमा उद्धार तथा खोजी जारी छ ।
विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ जसले बाढीपहिराका घटना बढाउनका साथै मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ । शनिबार छिमेकी बुन्डिबुग्यो जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार