राष्ट्र बैंकको चालु पूँजी मार्गदर्शन परिमार्जन गर्न माग
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बिहिबार ४:२३:४०
२२ भदौ, कर्णाली । सुर्खेतका व्यवसायीले नेपाल राष्ट्र बैंकले यही भदौ ७ गते जारी गरेको चालू पुँजी मार्गदर्शन–२०७९ लाई परिमार्जन गर्न माग गरेका छन् । राष्ट्र बैंकको प्रादेशिक कार्यालयमार्फत केन्द्रीय बैंकका गभर्नरलाई आज विरोधपत्र बुझाउँदै सुर्खेत उद्योग वाणिज्य संघले उद्यम व्यवसायमा प्रतिकूल असर पर्ने चालु पूँजी मार्गदर्शन परिमार्जन गर्न माग गरेको हो ।
आर्थिक सङ्कटका बेला निजी क्षेत्रलाई अनुदानका साथै प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुको साटो कर्जा प्रवाहमा सङ्कुचन गरी उत्पादनमूलक उद्योग÷व्यवसायका लागि चालु पूँजी कर्जाको सीमा निर्धारण प्रावधानप्रति संघले आपत्ति जनाएको छ ।
विरोधपत्रमा भनिएको छ, “महाभूकम्पदेखि कोभिडकाल हुँदै पछिल्लो समय रुस–युक्रेन युद्धका कारण खल्बलिएको अर्थतन्त्रलाई सम्हाल्न उद्योगको प्रकृतिअनुसार फरक चालु पूँजी रकम आवश्यक पर्ने हुँदा रु दुई करोडभन्दा बढी चालु पूँजी कर्जाको २५ प्रतिशत सीमा निर्धारण गरिनु व्यावहारिक छैन ।”
सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले २५ प्रतिशत कर्जा सीमाले व्यवसाय सञ्चालनमा मात्र नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पार्ने बताए । ‘ओभरड्राफ्ट’ कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जालगायतका कर्जा प्रतिव्यक्ति रु ५० लाखसम्म मात्र प्रवाह गर्न सकिने तथा घरजग्गा धितो राखी कर्जा प्रवाह गर्दा ४० प्रतिशत मूल्यसम्म हुनेगरी कर्जा दिने प्रावधानले जिल्लागत व्यवसाय मारमा पर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार