मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १४:२४:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-khop-1-e1651827384767_jsJzq80FwB.jpg)
२३ भदौ, मुगु । कर्णाली प्रदेशको मुुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए ।
जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगु मकार्मा रोङ्ग गाउँपालिकालाई यसअघि पूर्णखोप सुनिश्चितता घोषणा गरिएकाले सोही आधारमा जिल्लालाई पनि घोषणा गरिएको उनको भनाइ छ ।
घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही, मुगु मकार्मा रोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालगायत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार