सीट बाँडफाँटबारे प्रतिवेदनसहित कार्यभार हस्तान्तरण गर्दै कार्यदल, नमिलेका जति देउवा र प्रचण्डलाई जिम्मा
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १४:५०:२०
२३ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सीट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलले बिहीबार प्रतिवेदनसहित कार्यभारको जिम्मासमेत प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने तयारी गरेको छ । बिहीबार दिनभरको छलफलमा सहमति हुन नसकेका विषयलाई दाहाल र देउवाले मिलाउने गरी कार्यदलले प्रतिवेदन तयार गरेको छ ।
एक महिना गृहकार्य गर्दा पनि सीट बाँडफाँडको आधार, मोडालिटी र संख्या पूर्णरूपमा टुंग्याउन नसकेपछि गठबन्धन कार्यदलले शीर्ष नेतृत्वलाई आज अधुरो प्रतिवेदन बुझाउँदै छ । मिलेका विषय टुंग्याएर नमिलेका विषयमा विकल्पसहित कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउन लागेको स्रोतले नेपालबहस डटकमलाई बतायो । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो ।
स्रोतका अनुसार बुधबारसम्म करिब ९० सीटमा सहमति जुटेको छ । अन्य सीटमा कतै दोहोरो त कतै तेहेरो दाबी छ । एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ९० क्षेत्रको बाँडफाँड करिब टुंगिएको छ । करिब १० स्थानमा दोहोरो र करिब १५ स्थानमा तेहेरो दाबी छ । र, बाँकी क्षेत्र कुन क्षेत्र कसले लिने भन्ने टुंगिन बाँकी छ ।
कार्यदल सदस्यहरूले आ–आफ्नो पार्टीमा छलफल गरेर बिहीबार बैठकमा छलफल गर्ने, त्यसपछि सहमति जुटेका सीटसम्म समेटेर प्रतिवेदन बनाउने कार्यदलको तयारी छ । नमिलेका सीट शीर्ष नेतृत्वले टुंग्याउने कार्यदल सदस्यहरूले बताएका छन् । ०७४ र ०७९ को निर्वाचन परिणामलाई आधार मानेर क्षेत्रहरूमा दलहरूका दाबी छन् ।
शीर्ष नेताहरूले एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सिटको अंकगणितको विश्लेषण गरेर प्रतिवेदन बनाउन कार्यदललाई जिम्मा दिएका थिए । सोही आधारमा कार्यदल सदस्यहरू कुल सीटमा भन्दा क्षेत्रमै केन्द्रित भएर छलफल गरिरहेका छन् ।
९ भदौको गठबन्धन बैठकमा पहिलोपटक औपचारिक रूपमा दलहरूबाट सीट संख्याको दाबी पेस भएको थियो । एक सय ६५ सीटमा कांग्रेसले सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३१ सीट र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गरेका थिए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार २ र ३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने समय छ । जसका लागि दलहरूसँग नौ दिन मात्र समय बाँकी छ । त्यस्तै, २३ देखि २६ असोजसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेकाे कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ‘माओवादी केन्द्र’ बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।
यसैगरी नेकपा ‘एकीकृत समाजवादी’ बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार