जिल्ला अस्पताल लमजुङमा स्थापनाको ४६ वर्षपछि डायलसिस सेवा सुरु
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १६:५४:२६
२३ भदौ, लमजुङ । जिल्ला अस्पताल लमजुङबाट स्थापना भएको ४६ वर्षपछि डायलसिस सेवा सुरु गरीएको छ । दुवै मिर्गौला फेल भएर डायलसिस गर्दै आएका बिरामीले बेंसीसहरस्थित जिल्ला अस्पतालबाट सेवा पाउन थालेका छन् । अस्पतालले केही दिन अघिबाट मिर्गौलाको डायलसिस सेवा सुरु गरेको छ ।
२०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल २०५८ मा समुदायलाई हस्तान्तरणपछि सरकारको पब्लिक प्राइभेट पार्टनरसिप नीतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) र लमजुङे नागरिकको प्रतिनिधित्व गर्दै लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौताअनुसार सुरुमा ५ वर्ष सञ्चालन गरिएको थियो । त्यसपछि एचडीएसले मात्रै सरकारसँग सम्झौता गरेर अस्पताल सञ्चालन गर्दै आएको छ ।
गण्डकी प्रदेश सरकार र एचडीसीएसबीच ५ वर्षको व्यवस्थापन सम्झौता गरेर एचडीसीएसले सञ्चालन गरिरहेको उक्त अस्पताल सरकारलाई बुझाउन प्रदेश सरकारले ताकेता गरेको छ । डायलसिसका लागि ४ जना स्टाफ नर्सले तालिम लिएर आएका छन । एक जना विदेशी नागरिक मिर्गौला रोग विशेषज्ञ डा. एमिल बिटी, जनरल सर्जन डा. सुवास मगर, इन्टरनल मेडिसिन डा। अञ्जु गुरुङलगायतले निगरानी गरिरहेका छन । लमजुङमा हेमो डायलसिस सेवा सुरु भएको हो ।
दुवै मिर्गौला फेल भएका व्यक्तिले १ सातामा २ देखि ३ पटकसम्म डायलसिस गर्नुपर्छ । मधुमेह, उच्च रक्तचाप, फोक्सोको संक्रमणलगायत समस्याका कारण मिर्गौला फेल हुन्छ । मिर्गौलाको आन्तरिक कारणले पनि फेल हुन्छ । प्रत्यारोपण गर्न नसक्ने अवस्थामा र नगरिसकेको अवस्थामा गर्ने भनेको डायलसिस हो ।
अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार इमर्जेन्सी सेवाका लागि कोभिडकालमा निर्माण गरिएको प्रिफ्याबको भवनमा अहिले डायलसिस सेवा सुरु गरिएको छ । भवनका लागि गण्डकी प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
‘प्रदेश सरकारमार्फत ७ वटा मेसिन प्राप्त भएकोमा ६ वटा जडान गरिएको छ । उनका अनुसार लमजुङका मात्रै नभएर अब छिमेकी जिल्ला मनाङ, तनहुँ, गोरखालगायतका जिल्लाले पनि सेवा पाउनेछन । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीका अनुसार डायलसिसका ३ वटा मेसिन स्वास्थ्य कार्यालयमार्फत खरिद गरेको थियो । आवश्यक सामग्रीसहित यसका लागि ५० लाख रुपैयाँ बजेट आएको थियो । ४ वटा मेसिन भने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको उनले बताए । लमजुङमा हाल बाहिरी जिल्लामा डायलसिस गरिरहेका बिरामीको संख्या ६४ जना छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार