गायक शिव परियारको आक्रोस– नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी देख्छु
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १७:४७:१
२३ भदौ, काठमाडौं । चर्चित गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यायवसायको भण्डाफो गर्न जरुरी रहेको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएपछि गायक परियाले सो कुरा बताएका हुन् ।
‘नेपाल सरकार, यो पेशेवर पीडित भनौंदाहरुलाई पनि व्यस्थित गरी कारवाहि गर्ने कुनै कानुनको धारा होला नी रु कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ रु यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो, कृपया अनुसन्धान होस्,’ गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार,संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, सामाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने धारणा उनले व्यक्त गरेका छन् ।
‘यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी देख्दछु म । कृपया यति बेला सबै बर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु ।
अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस ्र तर देशका सबै आइकनलाई सिध्याउने नियत सहितको अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरि र अदालत सबै निकाय यस बिषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्दछु,’ गायक परियारले फेसबुकमा लेखेका छन् ।
उनी यत्तिमै रोकिएका छैनन् । उनले थप लेखेका छन्, ‘तर दुःखी आत्माहरुले आफ्नो प्रसिद्धी, प्रतिष्ठा एउटा नाबालिक प्रशंसकप्रति यौनको भोक मेटाउँन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार