बेंसीशहर नगरपालिकालाई २०८२ भित्र बालमैत्री नगरपालिका घोषणा गरिने
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १८:०:१३
२३ भदौ, लमजुङ । लमजुङको बेंसीशहर नगरपालिकालाई २०८२ भित्र बालमैत्री नगरपालिका घोषणा गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका सरोकारवालाहरूले ‘बालअधिकार र बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा ऐक्यबद्धता, बेंसीशहर नगरपालिकालाई बालमैत्री बनाउने हाम्रो प्रतिवद्धता, बालअधिकारको सम्मान र बालमैत्री स्थानीय शासनका लागि हामी प्रतिवद्ध छौं’ भनी १० बुँदै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिवद्धता गरेका छन्।
ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी लमजुङ र वल्र्ड भिजनको सहयोगमा सञ्चालित बालअधिकार, बालमैत्री स्थानीय शासन तथा बालमैत्री आचारसंहिता निर्माण सम्बन्धि ३ दिने कार्यशाला गोष्ठीमा उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।
बेंसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, स्वास्थ्य शाखा, शिक्षा शाखाका प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले हस्ताक्षर गरेका छन् ।
उनीहरुले बालमैत्री स्थानीय शासनको अवलम्बन, सूचकहरुको प्रभावकारी कार्यान्वयन गरी नगरपालिकालाई २०८२ सालभित्र बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वडागत घोषणा गर्दै तोकिएको समय सिमाभित्र बेंसीशहर नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने नगरपालिका उपप्रमुख पद्मा गुरुङले बताइन् ।
बालमैत्री वडा घोषणाका लागि नगरपालिका आवश्यक तयारी थालिसकेको बताए । नगरपालिका मात्र नभएर सबै तहबाट सबै लाग्न सकेमा अभियान सफल हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार