मतदातालाई रुख चिह्नमा मतदान गर्ने वातावरण मिलाउन देउवालाई जिल्ला सभापतिहरूको दवाव
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १८:३५:३९
२३ भदौ, काठमाडों । सत्ता गठबन्धनमा सीट बाँडफाँडको विषय पेचिलो बनिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई सबै निर्वाचन क्षेत्रका मतदाताले रुख चिह्नमा मतदान गर्न पाउने वातावरण बनाउन दवाव परेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आगामी निर्वाचनमा सबै मतदाताले रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै सभापति देउवालाई दवाव दिएका छन् । बिहीबार बिहान जिल्ला सभापतिहरुले प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई भेटेर सबै ठाउँका मतदाताले प्रत्यक्षतर्फ नै रुख चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्ने माग गरेका हुन् ।
सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा सिटको बाँडफाँट हुने र कतिपय सिट अन्य पार्टीहरुलाई दिनुपर्ने अवस्था रहेकोमा कांग्रेस सभापतिहरुले संघ नपाए सम्बन्धित संघीय क्षेत्रका दुवै प्रदेशसभा क्षेत्र कांग्रेसले राखेर सिटको बाँडफाँट हुनुपर्ने माग राखेका छन् ।
धादिङ जिल्ला सभापति रामनाथ अधिकारीले प्रदेशका १३ वटै जिल्ला सभापतिहरुको तर्फबाट आफूले सभापति देउवालाई ज्ञापन पत्र बुझाएको जानकारी दिए । उनले मतदाताले मतपत्रमा प्रत्यक्षतर्फ नै रुख चुनाव चिन्ह रोज्न पाउनुपर्ने भन्दै रुख चुनाव चिह्नबिनाको मतपत्र हुनु पार्टीका लागि राम्रो नहुने बताए । सबै क्षेत्रका जनताले कांग्रेसलाई रोज्न पाउनुपर्ने माग सभापतिसमक्ष राखेको आधिकारीको भनाइ छ ।
गठबन्धन हुँदा कांग्रेसले चितवन–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–२, काठमाडौं–८, रामेछाप, मकवानपुर–१, नुवाकोट–१ र ललितपुर–१ अन्य दललाई छोड्नुपर्ने अवस्था छ । जिल्ला सभापतिहरुले ती क्षेत्रमा संघमा गठबन्धनका अन्य दलबाट उम्मेदवार भए प्रदेशका दुवै क्षेत्र काग्रेसले आफ्नो भागमा राख्नुपर्ने माग उनीहरुले गरेका छन् ।
भेटमा कुनै पनि क्षेत्रमा कांग्रेसका उम्मेदवार नहुने अवस्था आउन नदिन आग्रह गरेको दोलखा सभापति बर्मा लामाले बताए । उनले प्रदेश क्षेत्र अन्य दलले मागे कांग्रेसले संघ छोड्न नहुने भन्दै संघ अन्य दलले मागे कांग्रेसले प्रदेशसभाका दुवै क्षेत्र आफ्नो भागमा राख्नुपर्ने बताए । वाग्मती प्रदेशमा प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ६६ निर्वाचन क्षेत्र रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
रास्वपाको सचिवालय बैठक सोमबार बस्ने
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार