कांग्रेसले गठबन्धनबाट एकल बहुमत पुग्ने सीट लिनुपर्छ, सयभन्दा तल झर्दा पार्टीमा विद्रोह हुन्छः कोइराला
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २०:१०:३९
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसको आगामी निर्वाचनमा एकल बहुमत पुग्ने सीट लिनुपर्ने बताएका छन् । उनले कांग्रेसले एक सयभन्दा तलको संख्यामा सीट लिँदा पार्टीमा विद्रोह हुनसक्ने चेतावनीसमेत दिएका छन् ।
वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा गरेको विचार गोष्ठीमा उनले कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयअनुसार एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेको उल्लेख गर्दै कोइरालाले त्यसका लागि कांग्रेसले कम्तिमा पनि १०० सट लिनु पर्ने दावी गरे । उनले तालमेल मात्रै कांग्रेसको बटमलाइन नभइ एकल बहुमत पुर्याउने लक्ष्य हुनुपर्ने बताए ।
उनले यसपटक जसरी पनि जनताले कांग्रेसलाई चुनाव जिताउन चाहेको र चुनाव जित्न सक्ने नेतालाई बिना भेदभाव टिकट दिनुपर्ने बताए । कोइरालाले नेकपा एमालेले संविधान असफल बनाउन खोजेकाले विचार नमिल्ने दलहरुसँग गठबन्धन गर्नु पर्ने बाध्यता आइपरेको बताए । उनले सिद्धान्त नमिल्ने दलसँगको गठबन्धन पवित्र हो कि अपवित्र हो भन्ने कुरा चुनावपछि मात्रै थाहा हुने भनाइ राखे ।
वरिष्ठ नेता कोइरालाले सरकार बनाउन मात्र गठबन्धन गरिए त्यसले दीर्घकालमा सबैलाई समस्या पार्ने बताउँदै यो पवित्र हो कि अपवित्र गठबन्धन हो भन्ने कुरा आजै भन्न सक्ने अवस्था नरहेको बताए । उनले गठबन्धनमा रहेका चार दलको सिद्धान्त र विचार कांग्रेससँग नमिल्ने दावी गदै उनले एमालेलाई परास्त गर्न र भोलि सरकार बनाउन गठबन्धन गरेको बताए ।
उनलेभने,‘हामीले स्थानीय निर्वाचनमा गठबन्धनको निर्णय गर्ने अधिकार पालिकालाई दिएका थियौँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय समितिबाटै गठबन्धन गर्ने निर्णय भएको हो । गठबन्धन गर्ने निर्णय लेख्दा हामीले कांग्रेसले एकल बहुमत ल्याउने र सरकार बनाउने गरी गठबन्धन गर्ने भनी लेखेका छौँ ।’
उनले कांग्रेसले बहुमत ल्याउन कम्तीमा १०० सिटमा चुनाव लड्नुपर्ने बताए । त्योभन्दा सिट संख्या कम भए पार्टीभित्र विद्रोह सुरु हुने चेतावनी समेत उनले दिए । अहिलेको अवस्थामा कांग्रेसभित्र आन्तरिक विद्रोह भए त्यसले पार्टीलाई ठूलो घाटा हुने दावी गरे । चुनाव चितेर सरकार बनाउने तरखरमा रहेको कांग्रेसभित्र विद्रोह हुन दिन नहुनेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार