देश बिगार्ने सरकारी कर्मचारी कि दलका नेता ?
नेपालबहस संवाददाता
भदौ २४, २०७९ शुक्रबार २१:२०:४३
अनुसा थापा / भक्तपुर
देश बिगारेको नेताले हो कि कर्मचारीले ? हरेक नेपाली जनताको मनमा उब्जिएको प्रश्न हो यो । विभिन्न मितिमा आन्दोलन गरेर देशको राजनीति परिवर्तन भएपनि सरकारी कर्मचारीको काम गर्ने शैलीमा कहिल्यै परिवर्तन आएन् । न उनीहरुको घैंटोका कहिल्यै काम झुल्क्यो । काम छिटोछरितो गरिदिएर जनतालाई सेवासुविधा दिनेतर्फ उनीहरुको ध्यान जान सकेन् । जसरी हुन्छ काममा आलटाल गर्ने र घुसको डिलिङ गर्ने । सरकारी कर्मचारीहरुको व्यवहारमा सुधार हुन नसक्दा जनता आजित भइसकेका छन् । कर्मचारीले देश बिगारेको हो भने जनताले पहिल्याइसकेका थिए । तर, उनीहरु पहिल्यैदेखि यो मान्न तयार थिएनन् ।
कसैले आफूमाथि औला ठड्यायो भने सरकारी कर्मचारीहरु नेताको थाप्लोमा आरोप थुपारेर पन्छिन्थे । यसअघि पटकपटक यसविषयमा चर्चा चल्दा सरकारी कर्मचारीहरु नेताकै कारण मुलुकको दुर्गति भएको दाबी गर्दै आएका थिए । देश बिगार्नमा शतप्रतिशत नेताकै हात भएको उनीहरुको दाबी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुलेआम कर्मचारीकै कारणले मुलुकको अवस्था शिथिल बनेको बताएका थिए । राजनीति परिवर्तन भएपनि कर्मचारीको शैली नफेरिँदा देश सकिएको उनको भनाइ छ । कर्मचारीहरुले छिटोछरितो काम नगरिदिदाँ जनताले दुःख पाए, मुलुककै बेइज्जत भयो भन्ने उनको धारणा थियो ।
सबै पुराना कर्मचारी हटाउन नयाँ भर्ती नगरे मुलुक उकास्न नसक्ने अध्यक्ष दाहालले बताएका थिए । कर्मचारीले गर्दा नेताहरुले बेइज्जती खेप्नुपरेको उनी जिकिर थियो । विभिन्न पार्टीबाट मन्त्री भएकाहरुले समेत कर्मचारीहरु जिम्मेवार हुन नसकेको बताउदैं आएका थिए । कर्मचारीहरुले सहयोग नगर्दा आफूले जति काम गर्नुपथ्र्यो त्यति हुन नसकेको भनेर बारम्बार मन्त्रीहरुले कुरा उठाउदैं आएका छन् । हिजो निजामती कर्मचारीकै कार्यक्रममा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले यो कुरा पुष्टि गरिसकेका छन् । सरकारी कर्मचारीहरु काम नगर्ने तर सेवासुविधा भने टन्न खोज्ने । घुसबिना काम नगर्ने र दुर्गम जिल्ला जान पनि नमान्ने ।
तलबभत्ता बढाइदिनपर्यो भन्ने वर्षैपिच्छे नयाँ गाडी फेर्ने । देशविदेश घुम्ने अनि जनताको काम अड्काएर राखिदिने । सरकारी कर्मचारीहरुको आनीबानी र वर्षौदेखि चलिआएको प्रवृत्तिमा सुधार नआँउदा जनताले साह्रै दुःख पाएको प्रधानमन्त्री देउवाको ठम्याई छ । कर्मचारीले ढिलासुस्ती काम गर्दा सोचेअनुरुप राजस्वसमेत जम्मा हुन सकेको उनले कर्मचारीकै कार्यक्रममा पुगेर सुनाए । यता, प्रधानमन्त्री देउवाले अब कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था आएको बताएका छन् । विदेशीबाट ऋण मागेर तलब दिनुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । उनले भने,‘राज्यको ढुकुटी रित्तिदैं गएकाले विदेशीसगं हात थापेर तलब खुवाउनुपर्ने अवस्था आएको छ ।’
त्यही कार्यक्रममा मञ्चमा उभिएर प्रधानमन्त्री देउवाले सोधेः देश बिगारेको कर्मचारीले कि नेताले ? देश बिगारेको कर्मचारीले रहेछ भन्ने कुराले हिजोबाट प्रमाणित भइसकेको छ । सरकारी कर्मचारीहरु घुस र तलबभत्ताको पछि लाग्दा नेपाल उक्सिन सकेन् । मँहगामँहगा गाडी खोज्ने पनि सरकारी कर्मचारी नै हुन् । ठेट पुर्याएर काम गरिदिएको भए आज मुलुकको रुप फेरिन्थ्यो । कर्मचारीहरु काम गर्न नखोज्ने अनि सेवासुविधा मात्र खोजेर राज्यले कहाँबाट ल्याएर दिने ? जनताले तिरेको कर कर्मचारीको तलबभत्ता र सेवासुविधा टार्न नपुग्ने भइसकेको छ । सरकारी कर्मचारीहरु आधा दिनमा कार्यालय आउने । त्यही पनि हाजिर गरेर टाप कसिहाल्छन् ।
जनताको काम गर्न छोडेर दिनभर गफ चुटेर बस्छन् । होइन् भने घाम ताप्ने । जसरी हुन्छ दिन कटाउने माना पचाउँने । टेलिफोनमा दिनभर आफन्तसंग गफ हाँकेर बसिरहेका भेटिन्छन् सरकार कर्मचारी । तर, अनुगमन कसले गर्ने ? हाकिमदेखि पिऊन्सम्मलाई लागेको बानी हो यो । भन्छन् नि, ‘अभिभावकले जस्तो सिक दियो, छोराछोरीले त्यही सिक्छन् ।’ अनि हाकिमले जे गर्यो, अरु कर्मचारीले पनि त्यही सिको गर्नु कुनै नौलो कुरा रहेन् । बैठक बसेपिच्छे भत्ता चाहिने । कार्यालयको कामका लागि बैठक बस्दा किन छुट्टै भत्ता चाहियो ? त्यो त तलबमै जोडिएको हुनुपर्ने हो । २० जना कर्मचारी बैठक बसे भने ५० पोका खाजा आँउछ । ३० पोका त कर्मचारीहरुले घरतिर दौडाउछन् । जनताले तिरेको करमा सरकारी कर्मचारीको रजाँइ चलेको छ ।
एक सय रुपैंयाको सामान खरिद गर्यो भने हजार रुपैंयाको बिल बन्छ । किनेको दुईदिनमा नयाँ सामान बिगार्ने अनि घरतिर दौडाउँने । जनता घण्टौंदेखि लाइनमा उभिएका हुन्छन् तर कर्मचारीको आँखाले त्यो देख्दैन् । देखेपनि अनदेखा गरिदिन्छन् । बरु, फेसबुक र अन्य सामाजिक सञ्जालमा झुन्डिएर बस्छन् । कार्यालय समयमा सामान सञ्जालमा झुलिएर बस्ने मिल्छ ? कानूनमा उल्लेख भएअनुसार सरकारी कर्मचारीहरुले सवा १० बजेभित्र हाजिर गरिसक्नुपर्छ । तर, यहाँ त १२ नबजिकन कुनै कर्मचारी कार्यालय छिर्दैनन् । छिर्न पाएको हुदैन् मेरो काम छ भन्दै घरतिर कुलेलम ठोकिहाल्ने । कतिपय कर्मचारीले त १५ दिनको हाजिर पनि एकैचोटि गरिदिन्छन् । सरकारी कर्मचारीलाई तलब बढाएको बढ्यै गर्ने । तीन करोडसम्मको गाडी दिएको छ । अनि इन्धन कसले हालिदिने ।
चाडबाड, पोशाक र उपचार खर्चको पनि जोहो गरिदिनुपर्यो । अनि देश नडुबेर को डुब्छ ? कर्मचारीलाई पोस्दापोस्दै ढुकुटी टाँट पल्टिसकेको हुन्छ अनि विकास कहाँबाट पैसा ल्याएर गर्ने । जनताले खाइनखाई तिरेको कर कर्मचारीहरुले स्वाहा पारिरहेका छन् । एउटा सरकारी कर्मचारीले आफुले जागिर खाएको तीनदेखि पाँच वर्षको अवधिमा घरजग्गा जोडिसक्छ । सामान्य तलबले त घरजग्गा जोड्न पुग्दैन् । घरखर्च पनि टार्नुपर्यो । अनि यो सब भ्रष्ट्राचार नभएर अरु के हो त ? जसले कर तिरिरहेको उसको अवस्था सरकारले देखेको छ ? ती कर्मचारीले कहिल्यै नियालेर हेरेका छन् ? आज पनि जनताको खुट्टामा चप्पल छैन् । फाँटेको लुगा टाँलेर लगाएका छन् । खान नपाएर रन्थनिएर हिँडेका छन् ।
देशमा रोजगारी छैन् । बेरोजगारीको पारो चढ्दै गएको छ । जनताको अवस्था दिनप्रतिदिन नाजुक हुदैं गइरहेको छ । देशमा विकास गर्नका लागि त पहिले जनताको अवस्था फेरिपर्यो । कर्मचारीहरुमा हामी जनताका सेवा हुन् शासक होइनौँ भनने भाव जाग्नुपर्यो । तर, जनतामाथि सरकारी कर्मचारीहरु शासन लाद्न खोज्छन् । सरकारले पेन्सन कटौती गरेर पुल नभएको ठाँउमा पुल बनाउनुपर्छ । सिटामोल किन्ने पैसा नभएर आज पनि जनताले अकालमा ज्यान फालिरहेका छन् । विद्यालय नहुँदा जनताका छोराछोरी पढ्न पाएका छैनन् । अस्पताल नभएर सुत्केरी हुँदाको पीडा त्यही आमालाई थाहा होला । बाटोघाटो छैन् । बिहान खाए बेलुका के खाने भन्ने अवस्थामा जनताहरु छन् । जनताको कुन हालतमा बाँचिरहेका छन् ? भनेर सरकार किन हेर्न चाहदैंन् ?
सरकारी कर्मचारी मात्र देशका जनता हुन् । बसिबसि सेवासुविधा थपिएको थपिएै गरेपछि मात नलागेर अरु के हुन्छ ? जनताले तिरेको कर जनताकै लागि खर्च गर्नुपर्ने हो । तर, कर्मचारीमाथि भकाभक उडाउने काम भइरहेको छ । हिजो प्रधानमन्त्रीले जे भने त्यसबाट मुलुकको अवस्था कस्तो छ भनेर स्पष्ट भयो । देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा हिँडेको त बाहिर छरपस्ट भयो । केही दिनअघि अर्थमन्त्री जनार्दन शर्माले बोलेको कुरा ठ्याक्कै झुठो साबित भयो । आफ्नो अर्थमन्त्री पद जोगाउनका लागि जनतामा भ्रम छरेको कुरा त लुकेन् । देशको अर्थतन्त्र सुधारिदैं छ भनेर अर्थमन्त्री शर्माले जनतालाई ढाँटे तर प्रधानमन्त्री देउवाले पुष्टाई गरिहाले । मुलुकको अर्थतन्त्र सुधारिदैं होइन् सकिदैं छ भनेर बाहिर आइसक्यो । अर्थमन्त्री शर्माले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समेत यो कुरा खोलेनन् । गर्भनरले पनि आफ्नो पद जोगाउनका लागि सत्यतथ्य बाहिर ल्याएनन् । अब गर्भनरले पनि राजनीमा दिनुपर्छ । आफ्नो जिम्मेवारी निभाउन नसक्ने सबैले तत्काल राजीनामा दिनुपर्छ । जनतालाई छक्याएर, लुकाएर कतिञ्जेल पदमा बस्ने ? प्रधानमन्त्री देउवाले त्यति बोलेपछि देशको आर्थिक अवस्था त छर्लङ्ग भइसकेको छ । अर्थमन्त्री र गर्भनरका कारणले देशको अर्थतन्त्र चुलुम्मै डुब्यो । यसको जिम्मा पनि यी दुइले लिनुपर्छ । पदका लागि जे पनि गर्नेलाई हटाउनका लागि जनता सडकमा आउनुपर्छ । अब जनताले राज्यलाई कर तिर्दैनन्, विदेशीले ऋण पनि दिदैंन् । राजनीतिक दलहरुले कर्मचारीलाई सदस्यता दिनुभएन् । कर्मचारी संगठन खारेज गरिदिनुपर्यो ।
जनताले तिरेको करबाट तलबभत्ता खाने अनि राजनीतिक पार्टीको झोले बनेर आन्दोलन गर्ने कर्मचारीहरु तुरुन्तै हटाउनुपर्यो । पेन्सन पाकेका र जागिर खाइरहेका कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्यो । गलत रुपमा कमाउने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । सरकारी कर्मचारीका सेवासुविधा सबै कटौती गर्नुपर्छ । कर्मचारीलाई खुवाउदाखुवाउदै जनता भोकभोकै नमरुन् । विदेशी ऋण बोक्ने नेपाली जनता तर तलब खाने सरकारी कर्मचारी । अहिले एउटा नेपालीको टाउकोमा ७१ हजार ऋण छ । भोलि झन् बढ्दे जान्छ । सरकारी कर्मचारीका कारणले देशै नरहला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार