सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २०:१७:२०
२३ भदौ, एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो ।
सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताउनुभएको हो । उनले भने ‘‘यहाँका बालबालिकामा अहिले पनि कुपोषणको समस्या देखिएको छ ।
यसैबीचमा केही समय यतादेखि खाद्यान्नको अभाव रहेको र यही अनिकालका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या थप बढ्न सक्ने देखिएको छ । ’’
यहाँ कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ । यो सङ्ख्या यहाँको पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको करिब आधाजति नै हो ।
यसरी पाँच वर्ष मुनिका बालबालिकाको संख्याको आधा जतिलाई कुपोषणको समस्या देखिनुलाई बाल स्वास्थ्यका क्षेत्रको निकै ठूलो चुनौतीका रुपमा हेर्नुपर्ने अवस्था रहेको पनि उनले बताए ।
यहाँ कुपोषण देखा परेका बालबालिकाको सङ्ख्यामध्ये करिब चार लाख बालबालिकालाई त अस्पताल भर्ना गरेर राम्रोसँग उपचार नै गर्नुपर्ने अवस्था रहेको पनि बताइएको छ ।
यो वर्तमान अवस्था अझै बढ्दै जाने हो भने सोमालियामा बालस्वास्थ्यका क्षेत्रमा निकै ठूलो चुनौती देखा पर्नसक्ने अवस्था रहेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।
गएको जनवरीदेखि यतासम्मको तथ्याङ्कमा यहाँका सात सय ३० जना कुपोषित बालबालिका खाद्यकेन्द्र तथा अस्पतालमा उपचारका क्रममा नै मृत्यु भइसकेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार