नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही गर्न खोजिएको भन्दै निर्देशक समाजको आपत्ति
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २०:३४:२५
२३ भदौ, काठमाडौं । नयाँ नेपाली चलचित्रलाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । शुक्रबारदेखि रिलिज हुने ‘ऐना झ्यालको पुतली’ लाई बिहीबारसम्म सिनेमा हलहरूले शो नदिँदा अग्रिम बुकिङ खुल्ला गर्न नसकिएको र प्रचार प्रसारसमेत गर्न नसकिएको भन्दै निर्देशक समाजले आपत्ति जनाएको हो ।
‘समयमै आफ्नो सामानको बिक्री मूल्य तय गरी अग्रिम रूपमा सामान बेच्न पाउने अधिकार ससारभरी नै प्रचलनमा छ । सोहीअनुरुप नेपालमा पनि चलचित्र निर्माताहरुले केही वर्षदेखियता सिनेमा घरहमार्फत दुई/तीन दिन अगाडिदेखि नै आफ्नो प्रचार प्रसार गरी चलचित्रको टिकट बुकिङ खुल्ला गर्ने र बिक्री गर्ने गरिएको सर्ब विदितै छ,’ समाजले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा हाल सालै नेपालका सिनेमा घरहरुले हिन्दी फिल्मको सेन्सर भएको छैन भनी विभिन्न कारण देखाई समयमै सेन्सर भइसकेका आउने शुक्रबारदेखि प्रदर्शन हुने नेपाली चलचित्रहरुको टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गर्नु खेदजनक छ ।
सधैभरि नेपाली चलचित्र माथी बिदेशी फिल्महरुले दबाबमा राख्ने यस्तो प्रवृत्तिको हामी घोर भत्सर्ना गर्दछौ । सिनेमाघरहरुको छाता संगठन नेपाल चलचित्र संघलाई पनि यस्तो किसिम कार्यहरू अबिलम्ब रोकी चलचित्रकर्मीहरुको एक आपसको एकता, विश्वास, आत्मीयता र नेपाली चलचित्रको श्रीबृद्धिको लागि हातेमालो गर्न अपिल गर्दछौ ।’
निर्देशक समाजले चलचित्र बिकास बोर्डलाई नेपाली चलचित्र क्षेत्रलाई नै हतोत्साहित पार्ने गैरजिम्मेवारीपूर्ण कार्यहरुलाई बन्देज लगाउन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
चिमखोलामा स्वास्थ्य: पूर्वाधार थपियो, सेवा थपिएन
मंसिर २६, २०८१ बुधबार