नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने बढ्यो
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २३:३:२९
२३ भदौ, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीबार शेयरबजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आज नेप्से २.२३ अंकले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ ।
नेप्सेमा गिरावट आए पनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट आएको छ ।
आज कारोबार रकममा भने केही सुधार भएको देखिन्छ । बुधबार ८२ करोडमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो । आज बजारमा ३४ लाख १ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा एक अर्ब चार करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ ।
जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजार र रिडी हाइड्रोपावरको चार करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।
कुल १८८ कम्पनीको शेयर कारोबार भएकोमा ११७ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । ६१ कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार