अब सुत्केरी हुन सदरमुकाम धाउनु पर्दैन
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २३:२:३५
२३ भदौ , गलकोट । बागलुङ नगरपालिका–८ सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको छ । बागलुङ नगरपालिकाको जनशक्ति व्यवस्थापन तथा ग्रामीण विकास परियोजनाको प्राविधिक सहयोगमा सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना भएपछि स्थानीय महिलालाई प्रसूति सेवा लागि बागलुङ बजार धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
सिगाना तित्याङका गर्भवती महिला प्रसूति सेवाका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए।
सिगाना स्वास्थ्यचौकीले सिगानामात्रै नभएर तित्याङको केही भागलाई समेत समेटिएकाले सिगानामै नगरपालिकाको सहयोगमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको हो । ‘बर्थिङ सेन्टर’ का लागि बागलुङ नगरपालिकाले एक जना तालिमप्राप्त स्टाफ नर्सको व्यवस्थापन गरिएको खनालले जानकारी दिए ।
यहाँका गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच यही स्वास्थ्यचौकीबाट हुँदै आएको थियो । तर प्रसूति सेवाका लागि भने बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो । स्वास्थ्यचौकीमै ‘बर्थिङ सेन्टर’ स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज हुने स्वास्थ्यचौकी इन्चार्ज शान्ता शर्माले जानकारी दिए ।
शर्माका अनुसार नगरपालिकाले ‘बर्थिङ सेन्टर’ का लागि एसबिए तालिमप्राप्त स्टार्फ नर्स कल्पना खड्कालाई नियुक्ति दिएर पठाएको छ भने फेयरमेट फाउण्डेशन र बिवाइसी बागलुङको व्यवस्थापनामा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाको प्राविधिक उपकरणको सहयोगमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो ।
“यहाँका महिलालाई स्वास्थ्य सेवाका लागि अन्य सुविधा रहे पनि बच्चा जन्माउनकै लागि बागलुङ बजार धाउनुपर्नुे अवस्था थियो”, स्वास्थ्यचौकी इन्चार्ज शर्माले भने, “बागलुङ नगरपालिकाको समन्वयमा यसरी गाउँमै ‘बर्थिङ सेन्टर’ स्थापना हुँदा बच्चा जन्माउनकै लागि बागलुङ बजार जानुपर्ने बाध्यता हटेको छ ।”
ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारका लागि काम गर्दै आएको परियोजनाले सिगाना स्वास्थ्यचौकीलाई रु तीन लाख बराबरको ‘बर्थिङ सेन्टर’ का लागि आवश्यक सरकारले तोकेको न्यूनतम मापदण्डको स्वास्थ्य उपकरण खरिद गरिएको बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिए ।
सिगानामा केही गर्भवती महिला घरमै समेत सुत्केरी भएको पाइएको छ भने ‘बर्थिङ सेन्टर’ स्थापनापछि घरमै सुत्केरी हुने गर्भवतीको सङ्ख्यामा कमी आउने सिगाना स्वास्थ्यचौकीको विश्वास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार