काभ्रेमा डेङ्गु संक्रमण फैलिदै
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २३:१६:४३
२३ भदौ , काभ्रेपलाञ्चोक । जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोगको संक्रमण बढ्दै गएको छ । चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
गत असार दोस्रोसाता पाँचखाल नगरपालिकामा पहिलोपटक देखिएको डेङ्गुको संक्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भैसकेको हो । “चार दिनको अवधिमा शतप्रतिशत सङ्क्रमित बढेका छन्, यो गति केही हप्ता रहनसक्छ”, कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार संक्रमितमध्ये महिला र पुरुषको संख्या बराबर नै छ । खानीखोला र महाभारत गाउँपालिकामा भने हालसम्म संक्रमण देखिएको छैन ।
समयमै उपचार पाउने संक्रमितलाई करिव पाँचदेखि सात दिनपछि निको हुने दर पनि बढिरहेकाले जिल्लाका ११ स्थानीय तहमा सङक्रमण तीव्र रुपमा बढेको घटनाक्रमले देखाएको कार्यालय प्रमुख डा सेढाईंले बताए । उनले भने “बर्षा भइरहेकाले लामखुट्टे अझै रहन्छ, यसकारण स्थानीयस्तरमा विशेष सावधानी अपनाउन सेचतना गराइएको छ ।” उहाँका अनुसार सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखामार्फत सम्भावित क्षेत्रमा रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियानमा रहेको जनाएको छ । यसैक्रममा सबै स्थानीय तहले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए । अभियानमा स्थानीयस्तरका विद्यार्थीलाईसमेत परिचालन गरिएको जनाइएको छ ।
अधिक संक्रमित भएको स्थान तथा नयाँ स्थानमा प्रयोगशालाद्वारा नै परीक्षण गर्दै आइएको छ । डेङ्गु रोग विरुद्धको खोप नभएका कारण ‘सर्च एण्ड डिस्ट्रोय’नै प्रमुख उपाय रहेको डा सेढाईंले बताए । उनका अनुसार काभ्रे हाल डेङ्गु रोगको निकै जोखिमयुक्त जिल्ला हो । यसकारण डेङ्गुको संक्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले स्थानीयस्तरका ‘¥यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिरहेका हुन् ।
तीन बर्षपछि पाँचखालमा पहिलो डेङ्गुको संक्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको थियो । जिल्लामा यसअघि विसं २०७६ भदौमा छ जनामा डेङ्गु संक्रमण देखिएको थियो ।
लामखुट्टेको टोकाईबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए विरामीको मृत्युसमेत हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार