राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त
नेपालबहस संवाददाता
भदौ २३, २०७९ शुक्रबार १:३२:५६
२३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि गैरआवासीय र दुई देशका लागि आवासीय नेपाली राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।
त्यसैगरी राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा ‘१’ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई सो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार