६० प्रतिशत क्षेत्रमा काँग्रेसको दाबी, ४० प्रतिशतमा चार दल
नेपालबहस संवाददाता
भदौ २४, २०७९ शुक्रबार १८:५:५०
२४ भदौ, जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६० प्रतिशत क्षेत्रमा दाबी गरेको छ । बैठकले आम निर्वाचनमा तालमेल भए बाँकी रहेका ४० प्रतिशत सिटमा घटक दललाई दिनुपर्ने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिले सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने निर्णय गरे बमोजिम गठबन्धनका घटक दलहरु सिट बाँडफाँटबारे दुई सातादेखि छलफल गर्दैछ । तर अझै सहमति हुन सकेको छैन् । कुन दलले कति सिट लिने भन्ने सत्ता गठबन्धनमा छलफलकै क्रममा छ। संघीय सरकारमा रहेका पाँच वटा दलकै सरकार मधेश प्रदेशमा पनि छ । तर मधेश प्रदेशमा जनता समाजवादी पार्टी सबैभन्दा ठूलो दल हो ।
‘मधेशमा कांग्रेसको सबैभन्दा धेरै जनाधार भएकोले ६० प्रतिशत सिट राखेर अरू गठबन्धनलाई छाड्ने निर्णय भएको’ प्रदेश समितिका एक जना सदस्यले बताए ।
साथै बैठकले जिल्लाबाट सिफारिस भई आएका सबै उम्मेदवारका नाम केन्द्रमा पठाउने पनि निर्णय गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार