५० देशका ३६४ लाई अनुमति
नेपालबहस संवाददाता
भदौ २५, २०७९ शनिबार १२:४५:८
२५ भदौ, काठमाडौं । यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो । शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ । विभागको तथ्याङ्कअनुसार बुधबारसम्म ३६ समूहका आरोहीले अनुमति पाएका छन् ।
अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही रहेका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन् । विभागका अनुसार ३५ जना पुरुष र १२ जना महिला गरी कुल ४७ जना अमेरिकी आरोहीले अनुमति लिइसकेका छन् । त्यसैगरी धेरै अनुमति लिनेमा भारतबाट २७, इरानबाट २२, स्पेनबाट २०, अर्जेन्टिना १७, फ्रान्सबाट १७, रसियाबाट १५, बेलायतबाट १४, चीनबाट १२, इटालीबाट १२, जर्मनीबाट १२, युएईबाट १०, पोल्यान्डबाट १०, मेक्सिकोबाट १० जना रहेका छन् । यस सिजनमा आरोहण अनुमतिबापत सरकारलाई चार करोड ३३ लाख १२ हजार ७२३ रुपियाँ राजस्व प्राप्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार