उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा
नेपालबहस संवाददाता
भदौ २५, २०७९ शनिबार १४:३९:२५
२५ भदौ, काठमाडौं। उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय“ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे । प्रतिबन्धहरूको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा ६ वटा परमाणु परीक्षणहरू गरेको छ। उसले आफ्नो सैन्य क्षमतालाई अगाडि बढाउन जारी राखेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उसले बारम्बारे आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ ।
किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेका थिए । त्यसपछि दुई देशबीचको आणविक वार्ता रोकिएको छ । बाइडेन प्रशासनले प्योङयाङसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरेको भए पनि राष्ट्रपति जो बाइडेनले किमलाई भेट गर्ने वा नगर्ने विषयमा केही भनिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार