उपयोगहीन बन्यो कांग्रेसको अभियान, पार्टीको नीति र कार्यक्रभन्दा गालीगलोजमै वित्यो १५ दिन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
भदौ २५, २०७९ शनिबार १५:५०:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/congress-1-1_Txcwt9GGHv.webp)
२५ भदौ, काठमाठौं । आगामी निर्वाचनमा पार्टीका नीति र कार्यक्रमबारे जनतालाई जानकारी गराउन र जनताका गुनासो सुनेर केन्द्रमा त्यसकाे समीक्षा गर्ने भन्दै नेपाली कांग्रेसले सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्ततः उपयोगहीन देखिएको छ ।
चुनावी प्रचार अभियानकै रुपमा अगाडि बढाइएको यो कार्यक्रमले काग्रेसभित्र थप असन्तुष्टि बढाउने काम मात्रै गरेको छ । केन्द्रले प्रचार अभियानमा खटाएका नेता तथा कार्यकर्ताहरुले कांग्रेसका कुरा जनतालाई सुनाउनेभन्दा एकले अर्कालाई आरोप लगाउने र आफु कसरी उम्मेदवारका लागि सिफारिसमा पर्ने भन्नेमै १५ दिन बितेको छ ।
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ । जनतालाई आफ्ना कुरा सुनाउने र जनताका कुरा सुन्ने भन्दै सुरु गरिएको अभियानले सामान्य औपचारिकतासमेत पुरा नगरेको कांग्रेसीहरु नै बताउँछन् ।
प्रचार अभियानमा खटिएका नेताहरूको ध्यान जनताको कुरा सुन्नेभन्दा पनि निर्वाचनमा कसरी उम्मेदवार बन्ने भन्नेतिर केन्द्रित रह्यो । पार्टीका कार्यक्रम र अजेन्डा लिएर जनतामाझ जानुपर्ने कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरूमध्ये विरलैले मात्र केन्द्रको निर्देशन मानेका छन् ।
धेरै जसोले अधिकांश समय केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रदेश र प्रतिनिधिसभामा आआफ्ना जिल्ला र क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकको नाम सिफारिसमै केन्द्रित देखिए । आआफ्ना तहबाट नाम सिफारिस भएपछि जिल्ला तहका धैरैजसो नेताहरू केन्द्रीय नेता मिलाउन काठमाडौंमा सक्रिय भए ।
कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि धेरैजसो जिल्लामै नपुगेको र गएका पनि सदरमुकामबाटै फर्किएको भन्दै यसपटक कम्तीमा पाँच दिन तोकिएको ठाउँमा बस्नुपर्ने भनेको थियो ।
केन्द्रीय प्रतिनिधिलाई निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनुका साथै गठबन्धनमा रहेका दलहरूबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्यांकन गरी सहजीकरण गर्न पनि निर्देशन थियो । तर, गाउँ पुगेका नेताहरुले गठबन्धनलाई सघाउ पुग्ने भन्दा विगार्ने काम नै बढी गरेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले ‘जनताका साथमा कांग्रेस’ नाम दिएर तीन चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । कांग्रेसले पहिलो चरणमा भदौ १० देखि २४ गते (बीपी जयन्ती) सम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरणमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा जाने निर्णय गरेको थियो ।
अभियानका क्रममा टोल कार्यसमितिकै ब्यानरमा कम्तीमा एउटा राजनीतिक, सामाजिक, मतदाता संवाद, विकास संवाद, युवा संवाद, महिला संवाद, दलित समुदाय संवाद कार्यक्रम गर्न कांग्रेसले निर्देशन दिएको थियो । तर, १५ दिनमा यी कुनैपनि काम हुन सकेनन् । जनतालाई बुझाउन भनेर राखिएको यो कार्यक्रममा न नेताले बुझाए न जनताले बुझ्न पाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार