लोकतन्त्र बुझाउन पोखरामा वीपी स्मृति पुस्तकालय
नेपालबहस संवाददाता
भदौ २५, २०७९ शनिबार १६:१७:५६
♦ धनबहादुर गुरुङ
२५ भदौ, कास्की । पोखराका गणेशबहादुर भट्टराई शुक्रबार पुस्तक पढ्नमा व्यस्त देखिन्थे । वीपी विचारबाट आकर्षित भट्टराईको हातमा ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ नामक पुस्तक थियो । उनीसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पुस्तक पढ्दै थिए । त्यहाँ उपस्थित सबैको अनुहारमा कान्ती झल्किन्छ । आफ्ना रोजाइका नेपाली कांग्रेस र यससँग सम्बन्धत पुस्तक पढ्न पाइने गरी पोखरामा पुस्तकालय खुलेकोमा सबैले प्रशंसा गर्दै थिए।
‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ पुस्तक पढ्दै गरेका भट्टराई पनि पुस्तकालय खुलेकोमा खुसी देखिन्थे । पोखरामा खुलेको वीपी स्मृति पुस्तकलयमा सबै वीपी कोइरालाले लेखेको र उनको बारेमा अरु लेखकले लेख्नुभएका पुस्तक पढ्न पाइने भएपछि हर्ष लागेको उनले बताए । जसले गर्दा युवा पुस्तामा पढ्ने बानीको विकास हुने उनको तर्क थियो । विशेष गरी वीपी र नेपाली कांग्रेसका बारेमा त्यहाँ भएका पुस्तक पढ्ेपछि अझ बढी ज्ञान लिन सकिने भट्टराईले बताए । शुक्रबार उनीजस्तै धेरैले पुस्तकालय पुगेर पुस्तक पढदै गरेको देखिए ।
यसरी पुस्तकालय स्थापना गरेर वीपी र उनीसँग सम्बन्धित विषयमा ज्ञान छर्ने कामको चाँजोपाँजो मिलाएको हो, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले । सबै व्यवस्था मिलाएर प्रदेश समितिले शुक्रबार एक सय नवौँ वीपी जयन्तीका अवसरमा पुस्तकालयको उद्घाटन गरेको हो । जहाँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादसँग सम्बन्धित एक हजारभन्दा बढी पुस्तक तथा पत्रिका छन् ।
पुस्तकालयका लागि प्राज्ञिक व्यक्तिले निःशुल्क पुस्तक उपलब्ध गराएको पुस्तकालय व्यवस्थापन समितिका संयोजक प्रा डा कुशुमाकर न्यौपाले जानकारी दिए । पछिल्लो समय कांग्रेससँग सम्बन्धित कृतिको न्यूनता भएका कारण नै पुस्तकालको परिकल्पना गरिएको उनी सुनाउँछन् । “पछिल्लो समय नेपालभर नै कांग्रेससँग सम्बन्धी किताब पठन संस्कृतिको न्यूनता भयो”, उनले भने, “पढ्ने परिपाटीभन्दा पद, कुर्चीतिर मोह बढी भयो त्यसैले केही बुझाउनुपर्छ भन्ने महसुस भएपछि प्रदेश समितिले निर्णय गरेर व्यवस्थापनको जिम्मा मलाई दिएको हो ।” जुन लक्ष्यका साथ पुस्तकालयको स्थापना गरिएको हो सोहीअनुसार उद्घाटन कै दिनमा उल्लेख्य सहभागीता रहेको उनले बताए । जसले गर्दा आगामी दिनमा अझ बढी पुस्तक राख्नुपर्छ भन्ने हौसला बढेको प्रा डा न्यौपानेले जानकारी दिए ।
प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भन्ने बुझाउन पुस्तकालयको स्थापनामा जोड दिएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । “वीपी कोइरालाले आफ्नो सारा जीवन व्यक्तिको सर्वोच्चताका लागि वितेको छ”, उनले भने, “आज म को हुँ भन्ने व्यक्तिले थाहा पाएन त्यसैले प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भनेर बुझाउन पुस्तकालयको स्थापना गरिएको हो ।” व्यक्तिको उपयोगिताको महत्व बढाउँदै प्रजातन्त्रिक हकको रक्षा गर्नका लागि सम्पन्न बनाउने लक्ष्य पनि पुस्तकालयको रहेको सभापति शर्माले जानकारी गराए । जसका लागि वीपी र उहाँसँग सम्बन्धीत पुस्तकले सहयाग गर्ने उनको भनाइ थियो ।
शुक्रबारदेखि सञ्चालमा आएको वीपी स्मृति पुस्तकालयमा देशैभरका मानिसले अध्ययन गर्न सक्नेछन् । आगामी दिनमा लोकतन्त्रसम्बन्धी १० हजार पुस्तक थप गरेर लोकतन्त्र बुझाउने देशकै नमूना पुस्तकालय बनाउने योजना उनले सुनाए । उद्घाटनको दिनमा पाठकको सहभागिताले झनै ऊर्जा थपिएको सभापति शर्माले बताए । “आज जुनरुपमा पाठक आएका छन् यसले हामीलाई यसलाई अझ परिस्कृत बनाउनुपर्छ भन्ने ऊर्जा थपिएको छ”, उनले भने, “यो सबैका लागि सधैँका लागि अनि आफ्नो क्षमताको अपनत्व बोध गर्ने अभियान यहाँबाट सुरु हओस् भन्ने हाम्रो चाहना हो ।”
पुस्तकालयको पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले उद्घाटन गरेका छन्। उद्घाटपछि प्रा डा माथेमाले स्थापना गर्नुभन्दा पनि पछिसम्म सञ्चालन गर्नु चुनौतीको विषय भएको बताए । सञ्चालनका क्रममा आइपर्ने चुनौतीलाई समाधान गर्दै देशकै उत्कृष्ट पुस्तकालय बनाउनुपर्नेमा उनले जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार