बालकोट र बालुवाटार मिलाउन तेस्रो शक्ति सक्रिय, सहमति भए गठबन्धन भत्किने सम्भावना
केदार भट्टराई (काका)
भदौ २५, २०७९ शनिबार १९:५१:२८
२५ भदौ,काठमाडौं । लामो संघर्षका बीच पनि सत्ता गठबन्धनमा सहभागी दलहरुबीच सीट बाँडफाँडमा सहमति नजुटेपछि नेपालको वर्तमान राजनीतिक परिदृष्यले कोल्टो फेर्ने सम्भावना देखिएको छ । सहमति हुनसक्ने रोडम्यापसहित तेस्रो शक्ति बालकोट र बालुवाटार मिलाएर फरक ढंगले निर्वाचनमा जाने वातावरण मिलाउन प्रयासरत रहेको रहस्य खुलेपछि यो सम्भावना देखिएको हो ।
सत्ता गठबन्धनको नेतृत्वसमेत गरिरहेको नेपाली कांग्रेससँग बाँकी दलहरुले दलीय हैसियतभन्दा माथिको भाग खोजेपछि सीट भागबन्डामा सहमति हुन नसकिरहेका बेला तेस्रो अमूक शक्ति तेस्रो विकल्प लिएर बालकोट र बालुवाटार मिलाउने कसरतमा जुटेको बालुवार निकट उच्च स्रोतले जानकारी दिएको छ । उक्त शक्ति कुन हो र कुन कुन विषयमा बालकोट र बालुवाटारबीच सहमति गराउन खोजिरहेका छन् भन्ने बारे भने स्रोतले केही खुलाएको छैन् ।
आगामी मंसिर ४ को निर्वाचनपछि सत्ता नेतृत्वका लागि ठूला भनिएका दुई दल कांग्रेस र एमालेमध्ये एक दल पुग्ने हो । कांग्रेस र एमालेबाहेक सरकार बनाउने हैसियत अरु दलमा छैन् । निर्वाचनबाट एकल सरकार बनाउन आवश्यक संख्या पुर्याउन नसकिने दुबै दलको ठहर छ । यसैले सम्भव भएसम्म दुवै दल गठबन्धन बनाएर वा निश्चित निर्वाचन क्षेत्रमा तालमेल कायम गरेर चुनावमा जाने तयारीमा छन् ।
तत्कालीन नेकपा नेतृत्वको सरकारबाट केपी शर्मा ओलीको बहिर्गमन भएपछि नेकपा टुक्रिएर तीन दलमा विभाजन भएको छ । नेकपाभित्रको विवादलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि अदालतले पुरानै हैसियत रहने निर्णय गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुरानै हैसियतमा फर्किएका थिए । पछि एमालेबाट विभाजित भएर माधव नेपाल समूहले नेकपा एकीकृत सामाजवादी पार्टी गठन गरेपछि तत्कालीन नेकपा तीन भागमा विभाजित भएको थियो ।
एमालेले हाल गठबन्धनमा रहेका नेकपा माओवादी र नेकपा एसलाई छाडेर कांग्रेस एक्लाएक्लै चुनावमा जानुपर्ने प्रस्ताव गरेको छ । एमाले अध्यक्ष ओली माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एस चुनावबाटै बढारियोस् भन्ने पक्षमा छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रोपटक संसद विघटन गरेपछि नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार गठन गरेका थिए । यो गठबन्धनलाई आगामी निर्वाचनसम्म लाने भन्दै प्रदेश र प्रतिनिधिसभाको सीट भागबण्डा मिलाउन एकमहिना अगाडीदेखि जुटेका दलहरु सहमतिमा पुग्ने भन्दा गठबन्धन भत्काउनेतर्फ बढी केन्द्रित देखिएका छन् । यही मौकामा तेस्रो शक्तिले बालुवाटार र बालकोटबीच नयाँ शिराबाट चुनावमा जाने खेल सुरु गरेको छ ।
उच्च स्रोतको भनाई अनुसार पहिलो शर्तमा आगामी निर्वाचनमा कांग्रेस र एमालेले अन्य कुनैपनि दलसँग गठबन्धन नगरी एक्लाएक्लै चुनावमा जाने । प्रतिस्पर्धामा जो अगाडि आउँछ उसले एकल सरकार बनाउन नसके अरु साना दलसँग मिलेर बनाउने वा देश निमार्णका लागि रोडम्याप बनाएर दुई ठूला दल पक्षविपक्ष नभइ रोडम्यापसहित सरकार बनाउन र त्यो सरकार संचालनका लागि संयन्त्र परिचालन गर्ने रहेको छ ।
दोस्रोमा साझा धारणा बनाएर आलोपालो प्रधानमन्त्री प्रणालीमा जान सकिने विषय पनि उठाइएको छ । यसमा ओलीले विगतदेखि भन्दै आएको दुई दलीय प्रणालीमा एमालेको जोड रहेको छ । एमालेले हाल गठबन्धनमा रहेका नेकपा माओवादी र नेकपा एसलाई छाडेर कांग्रेस एक्लाएक्लै चुनावमा जानुपर्ने प्रस्ताव गरेको छ । एमाले अध्यक्ष ओली माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एस चुनावबाटै बढारियोस् भन्ने पक्षमा छन् । उनीहरु चुनावमा पराजित भएपछि फर्किएर पछि एमालेमा आउने ओलीको विश्वास छ ।
यो प्रस्तावमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सहमत नदेखिएको स्रोतको भनाई छ । एक्लाएक्लै चुनावमा जाँदा पराजित हुने कम्युनिष्ट पार्टीहरु पछि गएर एक हुँदा नेपालमा कम्युनिष्टहरुको बाहुल्यता हुने र कांग्रेसलाई चुनाव जित्न कठिन हुने भन्दै देउवा कम्युनिष्टहरु विभाजित अवस्थामै रहनुपर्छ भन्ने पक्षमा छन् । तर, सीट बाँडफाँडमा ठूलो भाग खोजे ओलीको शर्त अनुसार दुबै दलले गठबन्धन वा तालमेल नगरी एक्लाएक्लै चुनाव लड्ने विषयमा भने देउवा सहमत देखिएका छन् ।
यी यावत कारणले गर्दा कांग्रेस संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले सय सीटभन्दा तल नआउन सभापति देउवालाई दवाव दिइरहेका छन् । नेकपा विभाजित भएयता नेकपा एमालेको पनि जनमत खस्किएको छ । यो अवस्थामा सबै दल एक्लाएक्लै चुनाव लड्दा पनि कांग्रेसलाई खासै घाटा हुने देखिदैन् ।
देउवा नेतृत्वमा गठबन्धनमा रहेका दलहरु मिलेर नै चुनावमा गएपछि नेकपा माओवादी सीट संख्यामा एमालेभन्दा माथि जानसक्ने आशंका ओलीमा रहेकाले पनि उनी जसरी पनि माओवादीलाई पछार्ने पक्षमै अडिक देखिएका छन् । कांग्रेसलाई केही सहुलियत दिएर वा अन्य कुनै लालचा देखाएर भएपनि माओवादीलाई एक्लै चुनावमा पठाउने रणनीतिको खोजीमा अध्यक्ष ओली रहेका छन् । उनको यो आकांक्षा पुरा गराउन तेस्रो शक्ति प्रयासरत छ ।
एमाले अध्यक्ष ओलीको यही आशय बुझेर नै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा ५० भन्दा माथि सीटको दावी गरिरहेका छन् । कांग्रेस धेरै लचिलो हुँदा ९० सीट भन्दा तल नआउने पक्का जस्तै छ । माओवादी र कांग्रेसले भनेजति सीट लिँदा दुई पार्टीमा नै १४० सीट जान्छ । बाँकी २५ सीटमा तीन दललाई मिलाउन कठिन छ । यही परिस्थितिलाई समाएर तेस्रो भनिएका अमूक शक्तिले बालुवाटार र बालकोटबीचमा खेल खेलिरहेको स्रोतको दावी छ ।
माओवादी अध्यक्ष प्रचण्ड पनि माओवादीलाई आगामी निर्वाचनमा दोस्रो शक्तिका रुपमा स्थापित गराउने प्रयासमा छन् । गठबन्धनमा रहेका दलहरुले पाएको सीटमा फरक दलका मतदाताले पनि समान रुपमा मत दिए एमाले बढारिन सक्ने अनुमान ओलीको जस्तै प्रचण्डको पनि देखिएको छ । एक्लै चुनावमा जाँदा मधेश केन्द्रित दलभन्दा पछि पर्ने डर प्रचण्डलाई छ । त्यसैले उनी वार्गेनिङमा रहेपनि गठबन्धनबाट बाहिर जाने आँट गर्न सकेका छैनन् ।
एक्लै निर्वाचनमा जाँदा माधव नेपाल नेतृत्वको नेकपा एसको हालत झन खराब हुने निश्चित छ । यी यावत कारणले गर्दा कांग्रेस संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले सय सीटभन्दा तल नआउन सभापति देउवालाई दवाव दिइरहेका छन् । नेकपा विभाजित भएयता नेकपा एमालेको पनि जनमत खस्किएको छ । यो अवस्थामा सबै दल एक्लाएक्लै चुनाव लड्दा पनि कांग्रेसलाई खासै घाटा हुने देखिदैन् ।
कांग्रेसलाई पनि घाटा नहुने र एमाले पनि बलियो अवस्थामै रहने भएकाले बालुवाटार र बालकोट मिलाउने कसरतमा रहेको अमूक शक्तिले गठबन्धन फुटाउने जोडबल गरिरहेको स्रोत बताउँछ । ओलीले राष्ट्रपतिको विषय पनि शर्तमा राखेका छन् । राष्ट्रपतिलाई विवादमा ल्याउने काम रोक्न र नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकता दिँदा समय तोकिनुपर्ने उनको माग छ ।
स्रोतको भनाइमा अहिले गठबन्धन भत्काएर एक्लै चुनावमा जाने विषयमा चीनको पनि हात देखिएको छ । चीनको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सुको आगामी सोमबारबाट हुने नेपाल भ्रमणले यस्तो सहकार्यमा बल दिने बताइएको छ । लोकतन्त्रपछि चीनले नेपालका राजनीतिक दलसँग सहकार्य थालेको थियो । चीनको इच्छा आफ्नो जस्तै विचारधारा भएका बामपन्थी पार्टीहरूमाथि दवाव बढाउनु पनि रहेको छ ।
नेपालमा बामपन्थी मिलाउने अभियानमा चिनियाँहरू प्रयासरत देखिएका छन् । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपालकै ठूलो नेकपा फेरि पुरानै अवस्थामा फर्किएको छ । सुरुवातमा चीनले नेपालमा आफ्नो प्रतिनिधि पठाएर विवाद मिलाउने कोशिश गरेको थियो । तर, चीनले सोचेजस्तो बामपन्थी मिलेर अघि बढ्न सकेनका छैनन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार