स्वदेशमै छ अवसर : सन्जीब स्याङ्तान
नेपालबहस संवाददाता
भदौ २५, २०७९ शनिबार २२:२६:१५
कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या फेरी पनि आकाशिँदै जानथालिसकेको छ । श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर यो श्रावण महिनामा मात्र दिनमै २८०० ले श्रम स्वीकृति लिएको देखाएको छ । तर हातमा सीप हुनेले नेपालमै पनि राम्रो काम पाइरहेका छन्, जसको उदाहरण हुन् सन्जीब स्याङ्तान । २४ वर्षिय सन्जीव पेशाले को–अपरेटिभ फाइनान्स अड्भाइजर हुन् र उनी निरन्तर रुपमा अड्भान्स अकाउन्टिङको प्रशिक्षण पनि प्रदान गर्दै आइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंश :
१.तपाईले यहाँकाम गर्न थाल्नुभएको कतिभयो ?
मैले यो क्षत्रमा काम गर्न थालेको चाहिँ सन २०१७ देखि हो, अहिलेको कम्पनी ई– डिजिटल नेपालमा चाहिँविगत एक वर्षदेखि कार्यरत छु ।
२.तपाइले जागिर खोज्ने क्रममा के–के गर्नुभयो, त्यसको बारेमा पनि बताई दिनुहोस न ?
शुरुवाती अवस्थामा काम पाउन अलिक कठिन नै थियो । मैले मेरो साथीहरु, आफन्त लगायत चिने–जानेको सबैमार्फत कामखोजेँ । सामाजिक सञ्जालमा आउने हरेक विज्ञापन पनि हेर्थेँ, सम्पर्क गर्थेँ तर मेरो सिप र योग्यता अनुसारको काम भेट्टाउन सकिरहेको थिइँन । अन्त्यमा मैले फेसबुकमा कुमारी जब भेटेँ र वहाँहरु मार्फत नै मैले खोजेको जस्तै काम पाउन सफल पनि भएँ ।
३.कुमारी जबको बारेमा कसरी थाहा पाउनुभयो ?
मैले सामाजिक सञ्जाल फेसबुक मार्फत कुमारी जबको बारेमा थाहा पाएको हुँ ।
४.कामको लागिकुमारी जबले तपाईंलाई कस्तो सहयोग अथवा गाइडेन्स गर्यो ?
कुमारी जबले मलाई जागिरको सिलसिलामा धेरै सहयोग ग¥यो । वहाँहरुले मलाई अन्तरवार्ताको लागि कसरी आफुलाई तयार गर्ने र कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि राम्रो जानकारी प्रदान गर्नुभयो ।
५.कुमारी जबले तपाईंलाई अन्तर्वाता तयारीको लागि कस्तो सहयोग ग¥यो ?
अन्तर्वाताको लागि वहाँहरुले मलाई धेरै सहयोग गर्नुभयो । वहाँहरुले मलाई अफिसमै बोलाएर अन्तर्वाता कसरी हुन्छ, के–के सोधिन्छ र कसरी जवाफदिने लगायतअन्य धेरै कुरामा सहयोग गर्नुभयो ।
६.कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?
मैले एकदमै खोजेको जस्तै सहयोग पाएँ र यसको लागि म धेरै खुशी छु ।
७ .कुमारी जबमार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के परिवर्तन ल्याएको छ ?
पक्कै पनि कामले मलाई आर्थिक स्वतन्त्रता दिएको छ, र सँग–सँगै राम्रो जीवनशैली दिएको छ। र सबैभन्दा महत्वपूर्ण भनेको मैले हरेक दिन सिक्ने अवसर पाएको छु, जसले मेरो ज्ञान र सिप वृद्धि भएको छ जसले मलाई भविष्यको लागितयार बनाएको छ ।
८.तपाईं विदेश जाने सोचमा हुनुहुन्छ कि नेपालमै अवसर देख्नुहुन्छ ?
मेरो क्षमता र अनुभवको आधारमा मैले नेपालमै राम्रो अवसर देखेको छु । त्यसैले विदेश जाने मेरो सोच छैन।
९.त्यसो भए अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?
हजुर, म मेरो अहिलेको काममा धेरै खुशी छु।
९.यो अवसर जुराइदिएकोमा कुमारी जबलाई केहि भन्न चाहनुहुन्छ ?
मलाई काम खोज्न सहयोग गरेकोमा कुमारी जब र यसका सहयोगी, मिलनसार कर्मचारीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । साथ–साथै कामको खोजीमा रहेका म जस्तै अन्य युवा मित्रहरुलाई पनि कुमारी जब मार्फत काम खोज्न सुझाव दिन्छु । वहाँहरुले कामको खोजीमा रहेका सबैलाई विल्कुलै निःशुल्क रुपमा सेवा प्रदान गर्नुहुन्छ र यदि तपाईंहरु पनि कामको खोजीमा हुनुहुन्छ भने कुमारी जबको सामाजिक सञ्जाल, वेबसाइट अथवा कुमारी जबको कार्यालयमै गएर एकदमै निःशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ भनेर पनि जानकारी दिन चाहन्छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
असार १६, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार