प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता
नेपालबहस संवाददाता
भदौ २५, २०७९ आइतबार ३:५०:३०
२५ भदौ, काठमाडौँ । प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई स्वदेश फर्केका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरेका छन् ।
विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र ‘एक्सन फर पिस किपिङ’ कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए ।
नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्तिसुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए। सम्मेलनका क्रममा उहाँले अन्य देशका प्रहरी प्रमुखसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा युएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको प्रशंसा गरिएको जानकारी दिए। उनीसँगै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि उक्त सम्मेलनमा भाग लिन अमेरिका गएका थिए । यही भदौ १५ देखि १७ सम्म भएको उक्त सम्मेलनमा १८१ देशका प्रहरी प्रमुखको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार