नेपालको अप्रत्याशित हार
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार १३:४५:३८
२६ भदौ, काठमाडौं । एएफसी यु -२० एसियन कपको छनोटअन्तर्गत पहिलो खेलमा नेपाल भुटानसँग २९० ले पराजित भएको छ । बहाराइनमा शनिबारदेखि सुरु भएको समूह बीको छनोटमा नेपालले अप्रत्यासित हार बेहोर्यो ।
शनिबार राति भएको खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुआतमै दोस्रो गोल खायो । ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानको अग्रता दोब्बर पारेका थिए । त्यसपछि निरन्तर खेलमा फर्किने प्रयास गरे पनि नेपाल सफल हुन सकेन ।
विपक्षी खेलाडीमाथि खराब फाउल गरेका कारण इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । जितसँगै भुटानले तीन अंक जोडेको छ । हारसँगै छनोटको सुरुआत गरेको नेपालको भने चुनौती थपिएको छ ।
समूह ‘बी’ मा नेपालसँगै भुटान कतार, बहराइन र बंगालादेश छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार