भैंसी चराउन गएकाकाे बाघको आक्रमणबाट मृत्यु
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार १५:१२:३५
२६ भदौ, चितवन । भैंसी चराउन गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामूदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किएका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो ।
प्रहरीले आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
शनिबार करिब १ बजेको समयमा सूर्यनाथ अधिकारी र उनको छोरा २५ वर्षीय होम बहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन गएका थिए । छोराले आफुले भैंसी चराएर आउने भनी बुबालाई घर पठाएका थिए । त्यसपछि घर फर्किएका सूर्यनाथ बाटोबाटै बेपत्ता भएका थिए ।
छोरा होमबहादुर साँझ भैंसी चराएर घर पुग्दा पनि बुबा सूर्यनाथ घर नपुगेपछि परिवारले उनको खोजी गरेको थियो । खोजी गर्ने क्रममा सूर्यनाथले लगाएको टोपी, चप्पल र उनले बोकेको छाता जंगलमा फेला परेको र बाटोमा रगतको टाटोसमेत देखिएपछि परिवारले सूर्यनाथलाई जंगली जनावरले लगेको हुन सक्ने भनी आज बिहान करिब साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए । जानकारी आउनसाथ सूर्यनाथको खोजीको खटिएको टोलीले एक घण्टामा उनको शव फेला पारेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार