अलग्गिए हनी सिंह र शालिनी
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार १५:३२:५३
२६ भदौ, काठमाडौं। पञ्जाबी गायक यो यो हनी सिंह र पत्नी शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ । दिल्लीको साकेत डिस्ट्रिक्ट कोर्टको फेमिली कोर्टले यो मामलाको सुनुवाइ गरेको छ । हनीले ‘एलिमनी’का रुपमा १ करोड रुपैंयाँको चेक बन्द खाममा शालिनी तलवारलाई दिएका छन् ।
अदालतमा बिहीबार हनी र शालिनीको बीच काउन्टर एलिगेसन पछि मामला टुंगो लागेको हो । त्यसपछि दुवैबीच एक करोडको ‘एलिमनी’ सम्झौता भएको छ । यो मामलाको आगामी सुनुवाइ सन् २०२३ मार्च २० मा हुनेछ । जसमा आगामी प्रस्तावमा सुनुवाइ हुनेछ । शालिनीले गत वर्ष अगस्ट ३ मा तीस हजारी कोर्टमा हिरदेश सिंह अर्थात् हनी सिंहविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् । उनले हनीले आफूमाथि ‘आक्रमण’ गरेको आरोप लगाएकी थिइन् । शालिनीले विवाहपछि आफूले १० वर्ष समय दिए पनि हनीले भने शारीरिक र मानसिक यातनामात्र दिएको दाबी गरेकी छन् ।
शालिनीले हनीले अन्तर्राष्ट्रिय यात्रामा जाने बहानामा अर्की महिलाहरूसँग अवैध सम्बन्ध बनाउने गरेको आरोप पनि लगाउकी थिइन् । शालिनीले आफूलाई पतिले जनावरजस्तो व्यवहार गरेकाले हनीबाट अलग्गिन चाहेको बताएकी थिइन् । शालिनीले उजुरीमा १० करोड ‘एलिमनी’को माग गरेकी थिइन् । हनीले शालिनीसँग १७ वर्ष डेट गरेपछि सन् २०११ जनवरी २३ मा विवाह गरेका थिए । उनीहरु बाल्यकालदेखि नै एकअर्कालाई चिन्दथे र एकै विद्यालयमा पढ्थे ।
शालिनीले आफूलाई आरोप लगाए पनि हनीले अगस्ट ६ मा सामाजिक सञ्जालमा पोस्ट लेखेका थिए । उनले आफूमाथि लगाएको आरोप अस्वीकार गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार