व्यावसायिक कृषकलाई अनुदान
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार १७:१४:३७
२६ भदौ, कास्की । जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा अनुदान दिएको हो ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्ष नौ सहकारीलाई उत्पादनमा आधारित प्रोत्साहन रकम रु ४४ लाख ४६ हजार अनुदान वितरण गरेको हो । केन्द्रका प्रमुख शम्भुराज पाण्डेले १७ लाख ७९ हजार लिटर दूध उत्पादनमा साढे दुई रुपैयाँका दरले सहकारीमार्फत कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन पाउँदैन ।
उनले भने, “उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्दछ भन्ने कृषकको माग हो । त्यसैले हामीले जसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रम ल्याएका हौँ । उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न यसले योगदान दिएको छ ।” कार्यालयले दूधमा प्रोत्साहन अनुदानका लागि गत वर्ष रु ४५ लाख बजेट विनियोजन गरेको थियो । सो अनुदान रकम कृषकले चौमासिकरूपमा प्राप्त गर्नेछन् ।
यसैगरी प्रदेश सरकाराद्वारा सञ्चालित पशुपक्षी कार्यक्रममा बीमा प्रिमियममा कार्यालयले २५ प्रतिशत अनुदान दिएको छ । कृषि तथा पशुपक्षी बीमा सङ्घीय सरकारको ७५ प्रतिशत र प्रदेश सरकारको २५ प्रतिशत गरी निःशुल्क गरिएको हो । जिल्लामा अघिल्लो वर्ष आठ सय ६५ कृषकले आफ्ना पशुपक्षीको बीमा गराएका छन् ।
गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुर, भेडा–च्याङ्ग्रा र माछा गरी तीन लाख १८ हजार ६२ पशुपक्षी बीमामा रु एक करोड १० लाख ८९ हजार भुक्तानी गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए । कार्यालयले पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, पशुपक्षी पकेट विकास कार्यक्रम, नयाँ पोखरी निर्माण र पोखरी सुधारका मुख्य कार्यक्रम सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले बताए ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा पनि अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ । यस वर्ष केन्द्रको बजेट रु नौ करोड ६५ लाख ७९ रहेकामा पूँजीगत खर्चतर्फका कार्यक्रमका लागि रु तीन करोड ६६ लाख ९८ हजार छ । यसैगरी चालू खर्चतर्फ रु पाँच करोड ९८ लाख ८९ हजार रहेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
बाख्रापालनले फेरिँदै सुकमायाको जीवनस्तर
पुष ९, २०८१ मंगलबार
यस वर्ष कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान बर्खे धान उत्पादन
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार