म्याग्दीको मगरदाङमा विद्युतीकरण
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार २०:४०:५३
२६ भदौप, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभिए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको जानकारी दिए ।
“मुख्य, शाखा लाइन, ट्रान्सफर्मरलगायतका संरचना निर्माण तथा जडान गरेर भदौ २५ गतेदेखि विद्युत् सेवा वितरण थालिएको छ”, उनले भने, “मगरदाङमा विद्युत् विस्तार गर्न संघीय सरकारको करिब रु दुई करोड ५० लाख लगानी भएको छ ।”
मगरदाङका बासिन्दा रातिका समयमा उज्यालोका लागि लघु जलविद्युत्मा निर्भर रहेका थिए । विसं २०७७ मा दाङखोलामा आएको बाढीले २५ किलोवाट क्षमताको मगरदाङडाँडागाउँ–आशाटोल लघुजलविद्युत् परियोजनाको विद्युत्गृह, नहर र जेनेरेटरमा क्षति पुर्याएपछि त्यस क्षेत्रका स्थानीय विद्युत् सेवाबाट वञ्चित रहनुपरेको थियो ।
मालिका गाउँपालिका–५ का वडाध्यक्ष मीम पुनले केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवासुविधा विस्तार भएपछि दैनिक घरायसी काम, विद्यार्थीलाई पठनपाठन गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको बताए । “वडाको गर्जरा, रुन्मामा यसअघि नै विद्युतीकरण भएको थियो”, उनले भने, “घरथोक, पन्थोक, जुग्जा र छुटेका बस्तीमा चालु आर्थिक वर्षभित्रमा विद्युत् सेवा विस्तार गर्ने तयारी भएको छ ।”
विद्युत् सेवा विस्तारसँगै फर्निचर, पाउरोटी उद्योग, विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, वडा र अन्य कार्यालयको प्रशासनिक काम सहज भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरणकेन्द्रअन्तर्गत २१ घरमा विद्युत् सुविधा विस्तार भएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले गत आर्थिक वर्षमा थप ११ किलोमिटर ११ केभी र चार सय÷दुई सय भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार भएको बताए ।
चालु आर्थिक वर्षमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगङ्गाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तरगतको मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार