जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार २३:१०:५७

२६ भदौ, जुम्ला । यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलंगामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ ।
जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताए ।
सम्मेलनमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने जनाइएको छ । महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के नाच र स्थानीय कलाकारसमेतको प्रस्तुती रहने छ । जुम्ली लोकल जातका स्याउको बजार प्रवर्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्रीका लागि महोत्सवमा राखिने भएको छ ।
यस वर्ष राष्ट्रिय कलाकारसहित स्थानीय झाँक्रीसहित महोत्सव लगाउने तयारी गरेको आयोजकले जनाएको छ । महोत्सवमा जुम्लाका सबै किसानलाई आफूले उत्पादन गरेका स्याउ र स्याउबाट बनाइएका परिकारसमेत ल्याएर आउन अनुरोध गरिएको छ । महोत्सवमा कृषि विज्ञले किसानको स्याउको स्वाद, गुणस्तर र साइज परीक्षण गर्नेछन् ।
उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने छ । स्याउबाट बन्ने ब्राण्डी, जाम जेलि वाइनको बजारीकरण हुनेछ । यसवर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएकोे कृषि विकास कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
हिउँदे खडेरीले वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
फागुन १५, २०८१ बिहिबार
आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फागुन १५, २०८१ बिहिबार
कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १५, २०८१ बिहिबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार