श्रीलंकाले जित्यो एसिया कप उपाधि
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १२:२६:२५
२७ भदौ, काठमाडौं । पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो ।
श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा एक सय ४७ रनमै समेटियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५५ रन बनाए । इफ्तिखर अहमेदले ३२ रन बनाए । श्रीलंकाका प्रमोद मदुसनले सर्वाधिक चार विकेट लिए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको योगफल खडा गर्यो । श्रीलंकाका लागि भानुका राजापाक्षेले सर्वाधिक अविजित ७१ रन बनाए । यस्तै, वनिन्दु हसरंगाले ३६ रन जोड्दा धनन्जय डी सिल्भाले २८ रन थपेका थिए । यस्तै, चमिका करुणारत्ने १४ रनमा अविजित रहेका थिए ।
पाकिस्तानका ह्यारिस रौफले सर्वाधिक तीन विकेट लिए । यसबाहेक, नसिम साह, इफ्तिखर अहमेद र सदाब खानले समान एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार