डीएनए परीक्षणका लागि बलात्कारका आरोपित श्रेष्ठ काठमाडौं पुगे
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १२:४४:४७
२७ भदौ, काठमाडौं। डीएनए टेष्ट गराउन बलात्कारका आरोपित शिवराज श्रेष्ठ काठमाडौँ आइपुगेका छन् । आइतबार धनुषाबाट काठमाडौं आई श्रेष्ठले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिएका हुन् । निहारिका भनिने सोनाली कुमारी सिंहले जबरदस्ती करण गरेको दाबी गर्दै पछिल्लो तीन वर्षदेखि न्यायका लागि भौतारिदै आएकि छन् ।
उनीबाट जन्मेका बालकसँग करणिको आरोप लागेका श्रेष्ठको रगतको नमूना परीक्षण गरिनेछ। आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अदालतले जबरजस्ती करणी होइन भन्ने फैसला गरेको थियो । फैसलामा राजीखुशीमै यौनसम्बन्ध स्थापित भएको देखिएको र निहारिकाले नै शिवराजलाई आफ्नो पति भनेको कारण जबरजस्ती करणी होइन भन्ने फैसलामा उल्लेख थियो ।
उच्च अदालतले डीएनए टेष्टका लागि आदेश दिएसँगै श्रेष्ठ आइतबार डीएनए टेष्टका लागि काठमाडौं आएका हुन् । विधिविज्ञान प्रयोगशालामा निहारिका पनि बच्चासहित पुगेकी थिइन् । डीएनए टेष्ट गर्दा बालकसँग मिलेमा श्रेष्ठविरुद्ध जबरजस्ती करणी ठहर हुनुपर्ने निहारिकाले माग गर्दै आएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार