१२ कम्पनी कालोसूचीमा, ठेक्का प्रकृयामा सहभागी हुन नपाउने
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १७:३५:२
२७ भदौ, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि समयमा काम सम्पन्न नगर्ने कम्पनीहरूलाई कालोसूचीमा राखेको जनाएको हो ।
कार्यालयले धैर्यता निर्माण उद्योग, हर्कदेवी बिल्डर्स, देवेन्द्र तेल उद्योग, प्यासिफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी, पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्न कन्स्ट्रक्सन कालोसूचीमा राखेको छ । त्यसैगरी, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, च्याङला कन्स्ट्रक्सन, सुन्दरी निर्माण सेवा, किसान रक्तकाली पावर क्वालिटी जेभी र लामा बिल्डर्स कम्पनी समेत कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरूले ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन् । यीमध्ये अधिकांश कम्पनीहरू सडक निर्माणको क्षेत्रमा संलग्न छन् । ठेक्का लिएर वर्षौंसम्म काम पुरा नगरी योजना अलपत्र पार्ने, कमसल निर्माण गर्ने तथा लामो समयसम्म योजना होल्ड गरी लागत मूल्य बढाउन दबाब दिने कार्यमा संलग्न छन् । यी कम्पनीहरूलाई एक वर्षदेखि एक वर्ष छ महिनासम्मका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा पर्ने अधिकांश कम्पनीले गाउँपालिका, नगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण, शहर विकास तथा भवन निर्माणको योजना लिएर अलपत्र पारेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार