आफुलाई सुरक्षित राख्न राप्रपाको शरणमा पुगे ओली, सहमति भए झापा ५ मा गठबन्धनलाई धक्का
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १८:१६:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/kp-oli-lindeng_VuS7r3xMjC.jpg)
२७ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्यमा आफ्नो सीट सुरक्षित राख्न नेकपा एमालेका अध्यक्ष केपी ओलीले राप्रपासँग तालमेल गर्ने भएपछि झापा क्षेत्र नं ५ मा सत्ता गठबन्धनलाई धक्का लागेको छ । २०७४ को निर्वाचनमा भारी मतान्तरका साथ विजय भएका ओलीलाई यसपटक राप्रपाको सहयोग विना जित निकाल्न असहज देखिएपछि उनले राप्रपासँग झापा लगायत अन्य क्षेत्रमा पनि तालमेल गर्ने प्रक्रिया अगाडी बढाएका छन् ।
उनी यसपटक पनि गृह जिल्ला झापाको क्षेत्र नम्बर ५ बाट सिफरिस भैसकेका छन् । उनी झापाबाट सर्वसम्मत सिफारिस भएका हुन् । उनी सिफारिस हुनु अघि नै एमालेले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सारेको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली यो क्षेत्रबाट अत्याधिक मतका साथ विजयी भएका थिए ।
अहिले सत्ता गठबन्धनका कारण उनलाई सो क्षेत्रबाट जित निकाल्न मुस्किल देखिएको थियो । उनको यो निर्वाचन क्षेत्रमा राप्रपाको बलियो उपस्थिति छ । ओलीले झापामा आफुलाई राप्रपाको सहयोग चाहिएकै कारण उसँग तालमेल गर्न तयार भएका हुन् । एमालेमा राप्रपासँगको तालमेललाई लिएर विवाद पनि भइरहेको छ । झापा काठमाडौं, चितवन, बाँके लगयतका क्षेत्रमा राप्रापको साथ पाउँदा एमालेलाई केही सीट जित्न सहज हुने भएकाले ओलीले राप्रापासँग तालमेल गर्ने रणनीति लिएको बताइन्छ ।
गत निर्वाचनमा माओवादी र एमाले गठबन्धन गरेर चुनावमा गएका थिए । उक्त समयमा पनि एमालेले झापामा राप्रपासँग चुनावी तालमेल गरेको थियो । क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङदेनलाई समर्थन गरेको एमालेले झापाका अन्य ४ क्षेत्रमा राप्रपाको समर्थन बटुलेको थियो । अझ झापा ५ मा भने ओलीलाई औपचारिक रुपमानै राप्रपाले समर्थन गरेको थियो । अहिले यसको टुंगो लागिसकेको छैन ।
त्यो बेला चुनावमा दुई ठूला कम्युनिष्ट घटकहरु एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धनकै कारण बहुमत पनि प्राप्त गरेका थिए । चुनाव पछि पार्टी एकता समेत भएको थियो । २०७४ को निर्वाचन र अहिलेको परिस्थितिमा केही फरक देखिएपनि एमाले त्यति कमजोर भने देखिएको छैन ।
गठबन्धनले जतिनै चुनौति दिएपनि एमाले अध्यक्ष सुरक्षित रहेको झापाका नेताहरुले बताउदै आएका छन् । २०७४ मा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रका अतिरिक्त झापा ५ मा ओलीलाई राप्रपाको पनि समर्थन थियो । त्यतिबेला ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी पराजित भएका थिए । अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।
निर्वाचन अघि चुनावी गठबन्धन गरेका दुई कम्युनिष्ट घटकले पछि पार्टी नै एकीकरण गरेर नेकपा बनाएका थिए । भारी मतान्तरले त्यो निर्वाचन क्षेत्रबाट बिजयी बनेका ओली माओवादीको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री समेत बन्न सफल भएका थिए । पार्टी एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका नेकपाले एकल बहुमतको सरकार बनाएको थियो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा पर्ने वडाहरुमा पार्टीका वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत गणना गर्दा एमालेका उम्मेदवारले पाएको मत सर्वाधिक छ । जसले अब पनि ओलीको जित सुनिश्चित रहेको अनुमान गरिएको छ ।
एमाले अध्यक्ष ओलीले लड्दै आएको झापाको क्षेत्र नम्बर ५ मा गौरीगंज गाउँपालिकाका वडा नम्बरहरु ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नम्बरहरु १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिकाका सबै वडाहरु र कमल गाउँपालिकाका सबै वडा रहेका छन् । यी सबै गरी झापा– ५ मा २९ वटा वडा छन् । २९ मध्ये एमालेले १८ वटा वडाध्यक्ष जितेको छ ।
कांग्रेसले ६ वटा, माओवादी केन्द्रले २ वटा, एकीकृत समाजवादीले एउटा, राप्रपाले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा वडाध्यक्ष जितेका छन् । स्थानीय तहको निर्वाचनमा एमालेले २९ वटै वडामा अध्यक्षमा उम्मेदवार उठाएको थियो । ती उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ४१ हजार ६१९ थियो । कांग्रेसले १८ वटा वडाबाट २२ हजार ९३२ मत पाएको छ । अर्को दल माओवादी केन्द्रले वडाध्यक्षमा उम्मेदवारी दिएका ११ वटा वडाबाट ९ हजार ८७८ मत पाएको छ ।
एकीकृत समाजवादीले वडाध्यक्षमा उम्मेदवारी दिएका ८ वटा वडाबाट १ हजार ९८८ मत पाएको छ भने राप्रपाले २१ वटा वडाबाट ७ हजार ४६० मत पाएको छ । यसैगरी साना पार्टीका रुपमा चिनिएका पार्टीहरुले पनि यहाँ केही मत बटुलेका छन् ।
यहाँ जनमत पार्टीले ८३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७५४, मंगोल नेशनल अर्गनाइजेसनले २८४, लोकतान्त्रिक समाजवादी पार्टीले १११, नेपाली जनता दलले २६, राष्ट्रिय जनमुक्ति पार्टीले ६८, उन्नत लोकतान्त्रिक पार्टीले ९, विवेकशील साझा पार्टीले ६८ मत पाएका थिए । केही फरक–फरक वडामा स्वतन्त्र उम्मेदवारहरुले समेत उल्लेख्य मत पाएका छन् । उनीहरुले पाएको कूल मत ३ हजार ४८५ रहेको छ । यसअनुसार, सबै दल आ–आफ्नै ढंगले प्रतिस्पर्धामा उभिए भने ओली स्वतः विजयी हुने देखिन्छ ।
स्थानीय तहको निर्वाचनको आधारमा यस क्षेत्रमा ओलीले कांग्रेस उम्मेदवारभन्दा साढे १८ हजारभन्दा बढी मत पाउने देखिन्छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा पनि त्यो मत ३४ हजार ७९८ मात्रै पुग्छ । त्यस अवस्थामा पनि एमाले अध्यक्ष ओली नै बलियो हुने झापा एमालेको दावी छ । एमाले र राप्रपाबीच चुनावी तालमेल भएको खण्डमा परिणाम २०७४ कै जस्तो नहोला भन्न सकिन्न । राप्रपाले एमालेलाई समर्थन गरेको अवस्थामा ओलीको मत ४९ हजार ७९ मत पुग्ने देखिन्छ ।
राप्रपा पनि क्षेत्र नम्बर ३ मा एमालेको समर्थन लिएर चुनाव जित्ने दाउमा छ । सो क्षेत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र हो । पछिल्लो समय राप्रपाका अध्यक्ष लिङ्देन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भइरहेको छ । उहाँहरुबीचको भेटवार्तामा के कुरा भयो भन्ने बाहिर नआएपनि आगामी निर्वाचनमा तालमेलका विषयमा कुराकानी भइरहेको सहज अनुमान गर्न सकिन्छ । यदि एमाले र राप्रपाबीच तालमेल भएको खण्डमा झापा ५ मात्र होइन झापाका अन्य क्षेत्र पनि सत्ता गठबन्धनलाई भारी पर्न सक्ने भएकाले एमाले अध्यक्ष ओली राप्रपासँगको सहकार्यमा बढी जोड दिइरहेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने ?
असार १२, २०८१ बुधबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार