पूर्वी यूक्रेनमा प्रत्याक्रमणपछि रुसी सेना पछि हट्यो
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १८:४८:१७
२७ भदौ, काठमाडौं । युक्रेनको सेनाले पूर्वी युक्रेनमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले तीन हजार वर्ग किलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनः प्राप्ति गरेको जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार किएभका फौजले ४८ घण्टाभन्दा केही बढी समयमा तीन गुणाले गुमेका भुभाग पुनः प्राप्ति गरेको उल्लेख गरेको छ । बिहीवार साँझ राष्ट्रपति जेलेन्स्कीले एक हजार वर्गकिलोमिटर र शनिवार साँझ दुई हजार वर्गकिलोमिटर भूमि पुनः प्राप्ति गरेको बताएका थिए।
नियन्त्रणमा आएको क्षेत्र
शनिवार राति भिडिओबाट सम्बोधन गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो महिनाको आरम्भतिर प्रत्याक्रमणको कारबाही सुरु भएपछि युक्रेनले दुई हजार वर्ग किलोमिटर क्षेत्र रुसको नियन्त्रणबाट मुक्त गरेको दाबी गरेका छन्।
उनको दाबीअनुसार त्यसमध्ये आधा भूभाग ४८ घण्टामा फेरि युक्रेनको नियन्त्रणमा आएको भन्ने बुझिन्छ। यूक्रेनी राष्ट्रपति जेलेन्स्कीको दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन् । तर रुसले केही सहरबाट पछाडि हटेको जनाउँदा यूक्रेनको दाबी सही हुनसक्ने बताइएको छ । युक्रेनले तीव्र गतिमा गरेको प्रत्याक्रमणसँगै थप भूभाग उसको नियन्त्रणमा आएपछि रुसी सैनिकहरू पूर्वी युक्रेनका महत्त्वपूर्ण सहरहरूबाट पछि हटेका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेना शनिवार कुपियान्स्क सहरमा प्रवेश गरेको छ। रुसी फौजका लागि सामान आपूर्ति गर्न उक्त सहर निकै महत्त्वपूर्ण मानिन्थ्यो। रुसी रक्षा मन्त्रालयले आफ्नो सेना ‘फेरि सङ्गठित हुन’ का लागि नजिकै रहेको इन्ज्यूमतिर गएको जनाएको छ। रुसले तेस्रो महत्त्वपूर्ण सहर बालाक्लियाबाट पनि आफ्ना सैनिकहरू फिर्ता भएको पुष्टि गरेको छ। उसका अनुसार डोनेट्स्कको मोर्चालाई बलियो बनाउन त्यहाँबाट सैनिकहरू फिर्ता भएका हुन्।
युक्रेनी सफलताको संकेत
युक्रेनले पश्चिमा साझेदार राष्ट्रहरूलाई सैन्य सहयोग उपलब्ध गराउन निरन्तर आग्रह गरिरहेको बेला युक्रेनी सेनाको उपलब्धिले उससँग रुसले नियन्त्रणमा लिएको भूभाग फिर्ता लिन सक्ने सामर्थ्य भएको सङ्केत मानिएको छ। यूकेका रक्षा अधिकारीहरूले यसअघि रुसनियन्त्रित भूभागमा युक्रेन ५० किलोमिटरभित्र अघि बढेको बताएका थिए।
‘रुसी फौजहरू छक्क परेको हुनुपर्छ,’ यूकेको रक्षा मन्त्रालयले भनेको छ। उक्त क्षेत्र हलुका बलका भरमा कब्जामा लिइएको थियो र युक्रेनी सैनिकहरूले कैयौँ सहरलाई कब्जा गर्ने र घेर्ने काम गरेका छन्।’ युक्रेनले देशको पूर्वमा यस साताको सुरुमा प्रत्याक्रमण सुरु गरेको थियो। यद्यपि दक्षिणी सहर खेअर्सननजिकै प्रत्याक्रमण हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय ध्यान त्यतातिर केन्द्रित बनेको थियो।
विश्लेषकहरूका विश्वासमा रुसले आफ्ना केही निकै अनुभवी सैन्य समूहलाई सहर प्रतिरक्षाको लागि त्यसतर्फ पठाएको छ। एकजना अधिकारीले पूर्वमा भूमिमा नियन्त्रण कायम गरेसँगै युक्रेनले दक्षिणमा समेत सफलता हात पारिरहेको बताएका छन्।
अहिलेको अवस्था ?
युक्रेनी सेनाको दक्षिणी कमान्डका प्रवक्ता नाटालिया गुमेन्युकका अनुसार उक्त मोर्चामा आफूहरूले ूदुईदेखि दर्जनौँ किलोमिटर परसम्मू प्रत्याक्रमण गर्दै अघि बढेको छ। तर दक्षिणी मोर्चामा लडिरहेका रुसी फौज रक्षात्मक तरिकाले बसिरहेको तथा प्रत्याक्रमण सुरु भएपछि युक्रेनी पक्षले ठूलो प्रतिरोध खेपेको बताइन्छ।
खार्किभमा शनिवार भएको रुसी रकेट आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै कैयौँ घरहरू ध्वस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन्। युक्रेनी अधिकारीहरूले सामाजिक सञ्जालमा युक्रेनी फौजले कुपिआन्स सिटी हलमा देशको झण्डा ठड्याएको र रुसी झण्डा कुल्चिएको देखिने एउटा तस्बिर प्रकाशित गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार