नेप्से १३ अंकले घट्दा ८३ करोड १६ लाखको कारोबार
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार २१:४३:८
काठमाडौं, २७ भदौ । साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ ।
कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ । बाँकी १२ वटै उपसमूह घटेका छन् । एनआरआइसी र एनटीसी दुवैको शेयर मूल्य घट्दा अन्य उपसमूह १.७० प्रतिशत घट्यो । यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो रह्यो ।
प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दा समेत युनाइटेड, मर्दी आरबीको शेयर ४.१७ प्रतिशत बढ्यो । यस्तै, बोटलर्स नेपाल तराईको शेयर पनि २ प्रतिशत उक्लिएको छ । कारोबारमा आएकामध्ये १४९ स्टकको शेयर घटेको छ । जम्मा २८ वटाको मूल्य बढेको छ।
बजार घट्दा कारोबारको आकर्षण नबिल बैंकको शेयरमा देखिएको छ । बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो। तर, शेयर मूल्य भने चार रुपैयाँ घटेको छ। रिडि र हिमालयन डिष्टिलरीको शेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार
एयर बेलुनबाट दृश्यावलोकन
मंसिर ७, २०८१ शुक्रबार
काँडे भ्याकुर ‘स्पाइनी ब्याबलर’
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
क्रिकेट खेलाडीलाई जनही १÷१ लाखले सम्मान
मंसिर ७, २०८१ शुक्रबार