चिनियाँ जनकंग्रेसका अध्यक्ष ली आज दिनभर छलफलमा व्यस्त, सवारी आवागमन बन्द हुँदा जनजीवन प्रभावित
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १५:३३:४५
२८ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । नेपाल आएको पहिलो दिन समकक्षी अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटेपछि लीले अपराह्न प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग बालुवाटारमा दिउँसो ४ बजे भेट्ने तय भएको छ ।
प्रधानमन्त्रीलाई भेट्नुअघि उनले दिउँसो ३ बजेत परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । चार दिने भ्रमणका लागि नेपाल आएको ली नेतृत्वको चिनियाँ टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नेछ ।
यता, लीको सवारीका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार सवारी आवागमन प्रभावित हुने भएको छ । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणलाई मध्यनजर गर्दै उनी जाने स्थानमा पर्ने सडकमा सवारी आवागमन रोकिएको हो ।
बिहान पौने ९ बजेदेखि आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वर देखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।
दिउँसो साढे ३ बजेको समयमा भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्नका लागि समेत अनुरोध गरिएको छ ।
सोमबार नेपाल आइपुगेको लीको टोलीले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ । भेटमा सभामुख सापकोटाले नेपाल ‘एक चीन’ नीतिमा प्रतिबद्ध रहेको बताएका थिए । नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँगको द्विपक्षीय प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा सभामुख सापकोटाले एक चीन नीतिको बारेमा ढुक्क रहनका लागि आग्रह गरे ।
उक्त प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सहभागि संघीय संसद्का एक उच्च पदाधिकारीका अनुसार सभामुख सापकोटाले अरनिको राजमार्गदेखि कोभिड–१९ को खोप सहयोगलगायतका विषयमा चर्चा गर्दै चीन अहिले अझ सहयोग गर्न सक्ने स्थितिमा पुगेको उल्लेख गरेका थिए । ‘चीनले पहिलेदेखि नै नेपाललाई सहयोग गर्दै आइरहेको छ । अहिले त झन् बलियो स्थितिमा पुगेको छ,’ सभामुख सापकोटालाई उद्धृत गर्दै ती उच्च पदाधिकारीले भने ।
जवाफमा चिनियाँ अध्यक्ष लीले दशैं पर्वअघि नै नाकालाई सहज बनाउन बनाइने जानकारी दिए । ती उच्च पदाधिकारीका अनुसार लीले नाका खुलाउनेदेखि संसद्लाई सहयोग गर्ने, केरुङ–काठमाडौं रेलमार्ग निर्माणलाई अघि बढाउनेलगायत विषयमा चर्चा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई ७६ औं गणतन्त्र दिवसको शुभकामना
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
माघ १३, २०८१ आइतबार