कोरोनाविरुद्धको फाइजर खोप अभियान जारी
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १६:५०:३०
२८ भदौ, भोजपुर । पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६ हजार बालबालिकालाई कोरोना विरुद्ध खोप दिएको जानकारी दिए ।
कोरोना रोकथामका लागि यहाँका हालसम्म १६ हजार पाँच सय २४ बालबालिकाले खोप लगाएका छन् । पहिला मात्र खोप लगाएकाहरूका लागि पुनः दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।
भदौ २७ गते दोस्रो चरणको अभियान सुरु भएको छ । खोपका लागि तोकिएको उमेर समूह विद्यालयमा बढी हुने भएकाले विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरिएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार जिल्लामा अहिलेसम्म एक लाख सात हजार सात सय ५४ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । खोपबाट बञ्चित नहुन भन्नका लागि जिल्ला अस्पतालमा समेत हप्तामा एक दिन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार