भीआईपीको सवारीले काठमाडौंका सडक प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १७:५:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/sadak-4_9Dnpf7WAV3.jpg)
२८ भदौ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विहान साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालीमाटी हुदै सोल्टी होटलसम्मको सवारी आवागमन प्रभावित हुनेछ ।
दिउँसो साढे ३ बजे रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ ।
त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ ।
उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले बनिसक्छ बबरमहलमा भासिएको सडक ?
फागुन ३, २०८१ शनिबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार