निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज सकिँदै, ओलीको पहलमा सर्वोच्च फर्किने आस
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १७:३२:१
२८ भदौ,काठमाडौं । बयानको धरै जसो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा खर्चिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज सकिक्दैछ । आज उनको बयान सकेर भोलीसम्ममा प्रतिवेदन लेखन कार्य सक्ने तयारी गरिएको छ । बयान सकिएपछि एमाले अध्यक्ष ओलीको सहयोगबाट आफु पुनःसर्वोच्च अदालतमा पर्कन पाउने आस जबराले गरेका छ्न ।
महाभियोग सिफारिस समितिले जबराको आजै बयान सक्ने तयारी गरेको छ । यसअघि पनि तीनदिन बयान लिइसकेको छ । प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस विशेष समितिले ४३ प्रश्न तयार पारेको थियो । जबराले आइतबारसम्ममा ३५ वटा प्रश्नको जवाफ दिइसकेको समितिले जनाएको छ । बाँकी प्रश्नको जवाफ आज सकेर प्रतिनिधिसभाको बैठक बसेका दिन प्रतिवेदन पेश गर्ने तयारी गरिएको समितिले जनाएको छ ।
यसअघिको बयानका क्रममा जबराले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सहकर्मी न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, पत्रकार, वरिष्ठ कानुनविद्हरु, मिडिया सञ्चालकहरुलाई अनेकन आरोप लगाएका थिए । उनले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु पौडेलप्रति भने आभार व्यक्त मात्रत्र गरेका छैनन् पटक पटक गरी धेरै समय प्रशंसामा खर्चिएका थिए ।
सर्बोच्चको भवन निर्माण कार्यमा अनियमितता भएको भनि सोधिएको प्रश्नमा उनले भवन निर्माणप्रक्रियामा आएको समस्या तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको सहयोगले समाधान निस्किएको भन्दै धन्यावद समेत दिएका थिए । उनले पटक पटक ओलीलाई महान व्यत्तित्वको उपाधीसमेत दिएका थिए । अहिले एमाले अध्यक्ष ओली र जबराबीच सम्बन्ध सुधारिएर आएको छ भने ओलीले जवरालाई सर्बोच्च फर्काउने आश्वासन पनि दिएको बताइन्छ ।
महाअिभयो सिफारिस समितिका अनुसार बाँकी रहेका ८ प्रश्न र र त्यसको जवाफ आजै सक्ने तयारी भएको छ । उनलाई छोटो समयमा सक्नेगरी पूरक प्रश्न पनि सोध्ने र बयान सकाउने तयारी भइरहेको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सोधिएका प्रश्नका आधारमा प्रतिवेदन लेखनको काम पनि सँगसँगै चलिरहेको छ । मंगलबारको बैठकपछि जबराको बयान टुंगिनेछ भने बुधबारसम्म समितिले आफ्नो प्रतिवेदन पनि टुंग्याउनेछ ।
बिहीबार संसद्लाई प्रतिवेदन बुझाउने र संसदीय प्रक्रियामा लैजाने तयारी गरिएको ती सदस्यले जानकारी दिए । कतिपय फैसला महाभियोगका लागि लायक हुनेसमेत भनिसकेकाले समितिले धेरै कुरामा अल्झनुपर्ने कारण नरहेको बताइएको छ । समिति बैठकमा काम धमाधम भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच साझा धारणा बन्न भने सकेको छैन ।
सत्तारुढ दल महाभियोग यही संसद्बाट पारित गर्न समितिले ‘फास्ट ट्रयाक’मा काम गर्नुपर्ने पक्षमा छन् भने प्रतिपक्षी एमालेका सदस्यहरु महाभियोगको प्रस्ताव नै ढिलो आएको भन्दै समितिमै काम नसकिदै संसद्को कार्यकाल सकिने बुझाइमा छन् । त्यसैले उनीहरुले ढिला गर्नका लागि हतार गरेर हुँदैन, अहिले हतारिएर मात्र भ्याइँदैन भन्नेजस्ता तर्क राखेको ती सदस्यले जानकारी दिए । यसअघि संसदमा जबराविरुद्धको महाभियोग किन रोकिँदैछ, किन ढिला गरिँदैछ भनेर नेकपा एमालेले नै प्रश्न उठाएको थियो ।
यता, नेकपा एमालेका उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेलले भने समितिले महाभियोग प्रस्ताव तीव्र गतिमा अघि बढाउने गरी काम गरिरहेको तर, भित्र अर्कै कुरा गरेर बाहिर अर्कै कुरा ल्याउने काम भइरहेको बताउँदै आज (मंगलबार) को समितिको बैठक लाइभ हुने जानकारी दिए । उनले आफूहरुले समितिको बैठकमा मिडियालाई ‘ओपन’ गरौँ भन्दा सत्ता पक्षले अस्वीकार गरेको भन्दै मंगलबारको बैठकमा आउन मिडियालाई आग्रहसमेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार