असहाय बालबालिकाको अभिभावक ‘कमला’
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १९:२८:५०
२८ भदौ , वालिङ । सडकमा हिंँड्दै गरेका सहाराविहीन बालबालिका देख्दा कमलाको मन छोयो । अभिभावक कोही भएको भए त अरु बालबालिका जस्तै घरमै बस्थे होलान्, पढ्थे होलान्, आमा बुवाको काखमा रमाउँथे होलान् भन्ने कुराले मनमा चसक्क घोच्यो ।
दुई/तीन यस्ता असहाय बालबालिकाको अभिभावक बन्छु भन्ने त उनलाई भयो तर आफूले दुई/तीनको अभिभावकत्व लिँदैमा समाजमा थप अरु असहाय बालबालिकाको अभिभावक को बन्छ त रु उनलाई यही कुराले बारम्बार झकभकाइ रहयो ।
दुई /तीन जनाको अभिभावक बनेर साहारा दिन्छु भन्ने सोच मनैबाट पलाए पनि आफ्ना आफन्तहरु र यस विषयका जानकारहरुसँगै बुझ्दा व्यक्तिगतभन्दा पनि संस्थागत तरिकाले अगाडि बढ्दा राम्रो हुने सुझाव पाएपछि संस्था दर्ता गरेर असहाय बालबालिकाको अभिभावक बन्ने अभियान थाले ।
दश वर्षे द्वन्द्वका समयमा अभिभावक गुमाएका, अङ्गभङ्ग भएका परिवारका बालबालिका हाल समाजमा विभिन्न कारणबाट अभिभावकविहीन बन्न पुगेका बालबालिकालाई आश्रय दिनेगरी अमोर सेवा नेपाल संस्था स्थापना भयो । कमला पराजुलीको अध्यक्षतामा स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा कार्यालय रहने गरी विसं २०६८ मा संस्था स्थापना भएको हो ।
विसं २०६८ मा संस्था स्थापना भए पनि विसं २०७२ मा सात जना अभिभावकविहीन बालबालिका राखेर काम अभियान थालिएको हो उहाँले जानकारी दिए । बालगृहमा अहिले ३० जना बालबालिका बस्दै आएका छन् ।
अभिभावकविहीन, घर परिवारबाट त्यागिएका, अपाङ्गता वा घाइते भई पालनपोषण गर्न नसक्ने परिवारका रुकुम, मुगु, पर्वत र स्याङ्जाका बालबालिका बालगृहमा राखेर अभिभावकत्व प्रदान गरिएको पराजुली बताए ।
बालगृहमा तीन वर्षदेखि १७ वर्ष उमेर समूहका २० बालक र १० बालिका छन् । अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै उनीहरुको लुगाफाटो, खानपिन, बसोबास तथा अध्ययनको व्यवस्थापन कमलाले मिलाउँदै आएका छन् ।
“बालगृह सञ्चालनका लागि आम्दानीको स्रोत भने केही छैन”, उनले भने, “मुख्य स्रोत भनेकै मुठीदानसहित जन्मदिन, वार्षिक पुण्यतिथिमा गरिने कार्य, धार्मिक कार्य, विभिन्न सङ्घसंस्थाले खाद्यान्न, लत्ताकपडालगायत नगद तथा जिन्सीका रुपमा प्राप्त हुने सहयोग नै हो ।”
असहाय बालबालिकाको अभिभावकको रुपमा स्थापित भएको बालगृहमा स्थानीय तहले हालसम्म कुनै पनि किसिमको सहयोग गरेका छैन । बालगृहले हालसम्म सञ्चालनका लागि कुनै पनि विदेशी सहयोग नलिएको उनले बताए।
बालगृहमा बस्दै आएका २८ बालबालिका दामगाडे माध्यमिक विद्यालयमा र २ जना सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनगर्दै आएका छन् । बालगृहमा आश्रित रहेका बालबालिकालाई अध्यक्ष कमला, बुवाआमा र २ जना सहयोगीहरु निरन्तर खट्दै अाएका । बालगृह सञ्चालनका लागि मासिक रुपमा करिब रु दुई लाख ५० हजार खर्च हुने गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार