भोलीदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिने, बैंकहरुले लगे २ अर्ब
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार २१:२९:५६
२८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठका लागि भोली (बुधबार)देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई पनि सटही सुविधा दिने तयारी गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले हालसम्म २ अर्ब रुपैयाँ बराबर नयाँ नोट सटही गरिसकेको राष्ट्र बैंकले जनाएको छ । भदौ २९ गतेदेखि राष्ट्र बैंकका अलवा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले पनि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै छन् । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने बताइएको छ ।
यो ५ देखि १ सय रुपैयाँसम्मको एक÷एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ । चालु आर्थिक वर्षभर नै राष्ट्र बैंकले आफ्ना कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत् नयाँ नोट वितरण गरिरहेको छ ।
यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउन थालेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ २९ गते देखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने लागेको हो ।
नयाँ नोट वितरणमा यो वर्ष धेरै प्रचारप्रसार नगरिएको राष्ट्र बैंकले जनाएको छ । नगद कारोबारलाई निरुत्साहित गर्ने योजना अनुरुप नोटको प्रचलन कम गर्न प्रचार नगरिएको र आफै आउने नागरिकलाई भने तोकिएको सटही सुविधा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार