जङ्कफुडको सट्टा लिटो र जाउलो
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार २०:५६:२९
२८ भदौ , चौतारा । पाँचपोखरी थाङ्गपाल गाउँपालिका–४ रैथानेको लुत्ती तामाङले अचेल आफ्नो बच्चालाई लिटो र जाउलो खुवाउन थालेका छन् । दोस्रो सन्तानलाई लिटो र जाउलो खुवाएकी तामाङले यसअघि चाउचाउ र विस्कुटलाई पोसिलो खानाका रुपमा लिँदै आएकी थिइन् ।
बजारका जङ्कफुडको तुलनामा आफ्नै घरमा बन्ने खाना बच्चाको लागि बढी पोसिलो हुने जानकारी पाएपछि उनले आफ्नो दोस्रो सन्तानलाई लिटो, जाउलो जस्ता खाना खुवाउन थालेकी हुन्।
सुआहारा कार्यक्रममार्फत बालबालिकालाई आवश्यक पोषणको विषयमा जानकारी पाएपछि उनले बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व मिसिएको छ कि छैन भन्नेमा पनि सचेत भएकी छिन् ।
उनले आफ्नो बच्चाको खानामा ‘हरेक बार खाना चार’ भन्ने सिद्धान्तलाई अङ्गिकार गर्दै अन्न, गेडागुडी, हरियो सागपात र पहेँलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गरेकी छिन् ।
युएसएआइडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा जानकारी गराएपछि उनले आफ्नो सन्तानको खानामा ध्यान दिन थालेको बताइन् ।
टुकी सँघ सुनकोशी र सुआहारा कार्यक्रमका सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयं सेविकाले दुई वर्षसम्म ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो अवधिमा उनीहरुको खानामा ध्यान पु¥याउनुपर्ने जानकारी दिएपछि उनले सबै खानेकुरा खुवाउन थालेकी हुन् ।
तामाङ मात्र हैन जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका महिलाले आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा जुन अवस्थामा भेटिन्छ त्यही अवस्थामा खाना बनाउने र खुवाउने गर्दै आएकी हुन् । ईन्द्रावती गाउँपालिका–१२ भिमटारकी माया दनुवार अचेल साबुन पानीले हात नधोइ खानेकुरा छुनुहुन्न ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ इर्खकी सम्झना तामाङ छ महिना नपुगेको बच्चालाई दूध मात्रै खुवाउने गरेको बताइन् । मेलम्ची नगरपालिका–९ की गमला गिरी सुआहाराको पहलमा नियमित बैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा सचेत भएकी िछन्
। जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा सुआहाराले पोषण, सरसफाइ, पारिवारिक स्वास्थ्यलगायत क्षेत्रमा काम गरिरहेको सुआहाराका जिल्ला संयोजक मनोज मिश्रले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार